ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भैरहवाबाट चितवन ६ विकेटले पराजित, पोखरा इलिमिनेटर राउण्डमा


admin
११ पुस २०७४, मंगलबार   १२ : ५८   बजे

काठमाडौं , ११ पुस । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको आज भएको खेलमा भैरहवा ग्लाडिएटर्सले चितवन टाइगर्समाथि ६ विकेटको जित निकालेको छ । जितसंगै भैरहवाले क्वालिफायरमा स्थान बनाएको छ भने पोखरा राइनोज इलिमिनेटर राउण्डमा पुगेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनायो । चितवनले सुरुदेखि नै विकेट गुमाउन थालेको थियो । चितवनको कुनै पनि ब्याट्सम्यानले मैदानमा टिकेर खेल्न सकेनन् । दिपेन्द्र सिंह ऐरी र योगेन्द्र सिंह कार्कीले समान १५–१५ रन बनाए ।

शरद भेषावकरले ३ विकेट लिए भने हरिशंकर साह र भुवन कार्कीले २–२ विकेट हात पारे ।
८८ रनको सामान्य लक्ष्य पछ्याएको भैरहवाको पनि सुरुवात राम्रो रहेन । दुवै ओपनरलाई २२ रनको स्कोर हुदा गुमाएको भैरहवाले तेस्रो विकेटका भुपेन्द्र थापा पनि व्यक्तिगत १३ रनामा आउट भए ।

तर, रोहित पौडेल र पुनित मिश्रले चौथो विकेटका लागि ४६ रनको साझेदारी गर्दै जितको आधार बनाए । रोहित व्यक्तिगत २० रनमा आउट भए । पुनित मिश्र ३० रनमा आउट भए भने कप्तान शरद भेषावकरले पनि ८ रन मात्र बनाए ।

चौथो बलमा कमल सिंह ऐरीले नो बल फालेपछि भैरहवा ४ विकेटले विजयी बन्यो ।

समूह चरणको सबै खेल जितेको विराटनगर वारियर्स समूहको शीर्ष स्थानमा छ । अब अघिल्लो चरणमा पुग्ने अन्तिम टोलीको टुंगो पोखरा र ललितपुरबीच हुने समूह चरणको अन्तिम खेलबाट लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : शव पहिचानमा सिंगापुर प्रहरीको ३५ सदस्यीय टोली खटियो (फोटोफिचर)

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ६ जना फसेको आशंका,  उद्धार प्रयास जारी

सम्बन्धित

काभा बिच भलिबल : भावना–सुनिताको जोडी फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

एसीसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको लक्ष्य

नेपाल ‘ए’ ले न्युजिल्यान्ड ‘ए’ लाई दियो २१२ रनको लक्ष्य

अल इत्तिहादसँग अल नासर पराजित

इन्टरको पुनरागमन जितमा मार्टिनेजको दुई गोल

साउदीविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu