ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्क्रमित घट्दा निषेधाज्ञा प्रभावकारी भएको निष्कर्ष : निषेधालाई जेठ मसान्तसम्म


एबीसी / संवाददाता
१७ जेष्ठ २०७८, सोमबार   ९ : १८   बजे

काठमाडौँ, १७ जेठ । कोभिड–१९ सङ्क्रमणको दोस्रो भेरियण्ट फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको महिना दिन पुगेको छ । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बैशाख १६ गतेबाट उपत्यकामा निषेधाज्ञा जारी गरेका हुन । सो अवधिमा निषेधाज्ञा उलङ्घन गरेको भन्दै करीव ३३ हजार सवारी साधन र एकहजार आठसय जनालाई होल्ड गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार, निषेधाज्ञा कार्यान्वयनका लागि ट्राफिक र अन्य गरी करिव पाँचहजार सुरक्षाकर्मी परिचालन गरिएको छ । उपत्यका प्रवेशको सात नाका सहित पाँचसय स्थानमा नियमित चेक पोष्ट स्थापना गरिएको छ । निषेधाज्ञा उलङ्कन गर्ने विरुद्ध ‘होल्ड’ कारवाही अन्तरगत सवारी साधनको हकमा साँझ ६ वजेसम्म र सर्वसाधारणलाई आधा घण्टा सडकमै उभ्याई सम्झाई बुझाई गरी फर्काइँदै आएको छ । तर, पछिल्लो पटक कोभिड–१९ सङ्क्रमण व्यवस्था अध्यादेश जारी पछि जरिवाना तथा कैद सजाय तयारी गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पहिलो तीन हप्ताको निषेधाज्ञामा कोरोना संक्रमण नघटेपछि चौथो पटक थप कडाई गरिएको स्पष्ट पार्नुभयो । सोही रणनीति अनुसार, खाद्य, थोक तथा किराना पसल र डिपार्टमेण्ट स्टोरहरु पूर्णरुपमा बन्द गरिएको हो ।
कोरोना महामारी नियन्त्रणको अन्तिम विकल्प निषेधाज्ञा नै भएकाले कडाई गर्नु परेको भनाइ उहाँको छ । संक्रमितको संख्या प्रतिदिन घट्नु नै निषेधाज्ञाको प्रभावकारिता भएको बुझाई प्रमुख जिल्ला अधिकारी पराजुलीको छ । केही दिनयता निषेधाज्ञा थप कडाई गर्दा काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या तुलनात्मक रुपमा घटेको तथ्याङक सुनाउँदै उहाँले भन्नुभयो– संक्रमितको सम्पर्क तथा भीडभाडबाट टाढा बस्नु नै कोरोनाबाट जोगिने उपयुक्त विकल्प रहेछ ।
त्यस्तैं, महानगरीय प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाल सरकारको निर्णय अनुसार, निषेधाज्ञा कार्यान्वयनमा कुनै कसुर बाँकी नराखेको बताउनुहुन्छ । मातहतका सम्पूर्ण सुरक्षा निकायलाई सुरक्षित र मर्यादित ढंगले निषेधाज्ञा कार्यान्वयनमा खटाइएको उहाँले स्पष्ट पार्नुभयो ।

कोरोना संक्रमणलाई जितेर नियमित काममा फर्किनु भएका एआइजी पालले भन्नुभयो– कोरोनाको पीडा कस्तो हुन्छ ? संक्रमित भएपछिमात्र थाह हुन्छ । मैले त बारम्वार भन्ने गरेको छु सात दिन भोक सहन सकिन्छ तर, कोरोनाको पीडा सहन सकिन्न । महानगरीय प्रहरीले निषेधाज्ञा उलङ्घन गर्नेलाई कारवाहीका अतिरिक्त अफ्ठयारोमा परेका नागरिक, विरामी तथा विरामीका आफन्तको आवागमनमा सहजीकरण गरिएको बताएको छ । होल्डमा राखी गरिने कारवाहीलाई निरन्तर्ता दिने जनाएको छ । उपत्यकाको तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले संक्रमितको संख्या पाँचसयसम्म झरेमा जारी निषेधाज्ञामा पुनःविचार गर्न सकिने जनाएको छ । बैशाख २४ गते अघि उपत्यकामा संक्रमितको संख्या दैनिक चारहजार रहेको थियो ।

तर, जेठको दोस्रो हप्ताबाट यो संख्या घटेर तीनहजारमा छरेको छ । संक्रमण घटाउन जारी निषेधालाई जेठ मसान्तसम्म निरन्तर्ता दिदै आमनागरिकलाई सुरक्षित, अनुशासित र सामाजिक मापदण्ड कार्यान्वयन प्रभावकारी बनाइने जिल्ला प्रशासन कार्यालयहरुको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu