ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको याक एण्ड एति बैठक असफल, स्थायी सकमिटि थप कारवाहीको तयारीमा


एबीसी / संवाददाता
१८ जेष्ठ २०७८, मंगलबार   ९ : ३७   बजे

काठमाडौं १ जेठ । पार्टी एकता कसरी जोगाउने भन्दै नेकपा एमालेको स्थायी कमिटी बैठक दुई दिन रोकेर सोमवार सराती दरबारमार्गको याक एण्ड यती होटलमा भएको दुई पक्षीय छलफल असफल भएको छ ।

पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउने कि वर्तमान अवस्थामा एडजस्ट भएर अघि बढ्ने भन्ने विषयमा कुरा मिल्न नसकेको नेता तथा अर्थमन्त्री विष्णु पौडेलले बताए ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट दोस्रो तहका नेताहरु छलफलमा सहभागी भएका थिए ।

एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले झण्डै ५ घण्टा छलफल भएपनि कुनै सहमति हुन नसकेको बताए । नेम्वाङ का अनुसार सहमतिको लागि छलफल सकारात्मक भएपनि कुनै निष्कर्षमा पुग्न भने बैठक सकेन ।
बैठकमा संस्थापन पक्षबाट संगठन विभाग प्रमुख विष्णु पौडेल, नेम्वाङ र प्रदीप ज्ञवाली सहभागी थिए भने नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल र योगेश भट्टराई सहभागी थिए ।
बैठकमा नेपाल पक्षले पूर्ववत जेठ २ मा फर्किनुपर्ने यसअघिको अडानमै नै दोहराएको थियो । जबाफमा विभिन्न विकल्प दिएको संस्थापन पक्षले जेठमा २ मा भने फर्कन नसक्ने स्पष्ट गरेको थियो ।
एकपटक दुई पक्षीय छलफल गरेर मात्र पार्टीको स्थायी कमिटि बैठक गर्ने भन्दै आइतबा र सोमवार गरी दुई पटक बैठक रोकिएको थियो । यस अघि नै झलनाथ खनाल, माधव नेपाल, भीमरावल लगायत ११ जनालाई साधारण सदस्यता समेत नरहनेगरी कारवाही गरिसकेको छ । आज बस्ने बैठकले थप १२ जनालाई कारवाही गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu