काठमाडौँ, १८ जेठ । एमाले स्थायी कमिटी बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरू बैठकमा एमालेभित्रको विवादबारे छलफल हुँदैछ।लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभाको उप-निर्वाचनका कारण दुई दिनसम्म स्थगित बैठक मंगलबार बस्न लागेको हो।
बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्षका नेतासँग सोमबार भएको वार्ताबारे समेत छलफल हुँदैछ।सोमबार राति प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्षधर नेताबीच ४ घण्टा लामो छलफल भएको थियो।ओली पक्षीय नेताले गरेको ब्रिफिङमा ओली सहमत भएमा नेपाल पक्षका नेतामाथि थप कारबाही नहुने बताइएको छ। तर ओली सहमत नभए उनीहरूमाथि कारबाही हुने स्रोतको दाबी छ।
प्रतिक्रिया दिनुहोस्