बझाङ, १८ जेठ । जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट जडान गरीएको छ। सुदुरपश्चिम प्रदेश सरकारले दिएको ८० लाख बजेटबाट प्लान्ट जडान गरिएको अस्पतालले जनाएको हो । जिल्ला अस्पताल बझाङका डाक्टर सन्दिप ओखेडाले प्लान्ट जडान गर्ने काम सकिएको जानकारी दिनुभयो । ओखेडाले भन्नुभयो ‘जडान गर्ने त काम पूरा भयो, अब एकदुई दिनमै उत्पादन सुरु हुन्छ , । यस प्लान्टले दैनिक १६० देखि २४० लिटरसम्म अक्सिजन उत्पादन गर्न सक्ने डाक्टर ओखेडाले बताउनुभयो । यस भन्दा अगाडि जिल्ला अस्पताल बझाङ अक्सिजन नहुदा जटिल खालका विरामीहरुलाई धनगढी महेन्द्रनगर नेपालगँज रेफर गर्नुपर्ने बाध्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्