ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपी विपत कोष निर्माण गर्ने


एबीसी / संवाददाता
१९ जेष्ठ २०७८, बुधबार   ११ : ५३   बजे


गण्डकी, १९ जेठ
नेपाली कांग्रेस कास्कीले विभिन्न आठ चरणमा गरेको छलफलपछि प्राप्त सुझावका आधारमा मङ्गलबार सम्पन्न बैठकले कोष निर्माण गर्ने निर्णय गरेको पार्टीका सभापति कृष्ण केसीले जानकारी दिनुभयो ।कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिबद्धतासहित कास्की कांग्रेसले ‘विपी विपत् कोष’ निर्माण गर्ने भएको छ ।

पार्टीका सबै क्रियाशील र शुभेच्छुकसँगबाट स्वेच्छिक आर्थिक सहयोग सङ्कलन गरी कोष निर्माण गरिने उहाँले जानकारी दिनुभयो । कोष निर्माणको अभियानमा पार्टीका नेता तथा कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक, समर्थक गरी २५ हजारभन्दा बढी परिचालित हुने बताउँदै उहाँले यसका लागि पार्टीको क्षेत्र, प्रदेश, गाउँपालिका, वडा कार्यसमिति, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशमा रहनुभएका सबैलाई जुट्न आह्वान गरिएको बताउनुभयो ।

नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलका अनुसार कोषको सञ्चालन र व्यवस्थापनका लागि एउटा छुट्टै समिति बनाइने भएको छ । विपत्का बेला कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली कांग्रेस कास्कीले कास्कीका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्र, शुभेच्छुक तथा भ्रातृ संस्था र उद्योग–व्यवसायीसँग छलफल गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेको कोरोना महामारी र वर्षा मौसमयामसँगै हुन सक्ने बाढीपहिरोजस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई सहयोग गर्ने उद्देश्यले कोष निर्माण गर्न लागिएको हो । त्यस्तै, कोरोना सङ्क्रमणपछि मृत्यु भएका अति विपन्न परिवारलाई क्रिया खर्चका लागि सहयोग गर्ने, औषधिको अभावमा रहेका दीर्घरोगीलाई औषधि सहयोग गर्ने र भदौ २४ गते विपी जयन्तीको दिन अति विपन्न, दलित र अपाङ्गता भएका एक हजार जनालाई सहयोग गर्नेलगायत निर्णय गरेको प्रवक्ता सिग्देलले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu