ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौँ : पूर्वराजा शाह


एबीसी / संवाददाता
२० जेष्ठ २०७८, बिहिबार   १ : ५३   बजे

काठमाडौ २० जेठ ।  पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड–१९ विरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

बिहीवार आफ्नो र पत्नी कोमलको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै पूर्वराजा ज्ञानेन्द्रले कोभिड–१९ विरुद्धको लडाइँमा खटिनेलाई धन्यवाद व्यक्त गर्नुभएको हो ।

उहाँले आफू दुई स्वास्थ्यबारे चिन्ता, चासो लिने र शुभकामना दिने सबैलाई आभार पनि व्यक्त गर्नुभएको छ । अहिले आफू दुवै पूर्ण स्वास्थ्य लाभको क्रममा रहेको जानकारी दिनुभएको छ ।

भारतको कुम्भमेलामा गएर आएपछि पूर्वराजा दम्पतीलाई कोरोना सङ्क्रमण भएको थियो । अहिले दुवै जना डिस्चार्ज भइसक्नुभएको छ ।

तर उहाँले देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति आफूहरु चिन्तित रहेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ, ‘महामारीको प्रक्रिया चलिरहेको छ । यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै सङ्कल्प र बाहिरी सहयोगको आवश्यक पर्दछ । प्राप्त अन्तर्राष्ट्रिय सहयोगका लागि पनि धन्यवाद दिन चाहन्छौँ ।’

यस्तै पूर्वराजा शाहले सबैलाई सुरक्षित, सावधान र स्वस्थ रहन आग्रह गर्नुभएको छ । उहाँले उपचारका क्रममा रहेको सबै नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कोभिडका कारण ज्यान गुमाएका आत्माको चीर शान्तिको कामना पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu