काठमाडौं ,१३ पुस । बुधबार मध्यराति काठमाडौंको आमदब्लम होटलमा एक जना भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको छ । ।
मदिरा सेवन गरेका होटलका कर्मचारी र भारतीय नागरिकबीच भएको विवादका क्रमबाट गुरुङको मृत्यु भएको महानगरीय प्रहरी परिषरका एसएसपी रविन्द्र धानुकले बताए ।
घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको छ प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्