ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाह्य हस्तक्षेपको संकेत पाएरै पाँच पूर्वप्रधानमन्त्रीको विज्ञप्ति निकाले – अध्यक्ष यादव


एबीसी / संवाददाता
२ असार २०७८, बुधबार   ४ : २३   बजे

काठमाडौं, २ असार । सत्तारुढ नेकपा एमालेको विवाद पार्टी विभाजनको संघारमा पुगेको छ । एमाले भित्रको विवाद र विद्वेषको बाछिटा जनता समाजवादी पार्टीमा पनि परेको छ । कुनै बेलाका राजनीतिक दुश्मन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर–राजेन्द्र महतो बीच सत्ता गठबन्धन हुनसक्नुमा बाह्य शक्तिको चलखेल रहेको जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवको ठहर छ ।

सत्तारुढ नेकपा एमाले विवाद र विद्वेशको बाछिटा जनता समाजवादी पार्टीमा पनि परेको छ । प्रतिनिधिसभा विघटन प्रतिगमन कि अग्रगमन भन्ने मुद्दामा जसपा अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबीचमा मत बाझिदै आयो ।

प्रतिनिधिसभा पुर्नस्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले संघिय संसदमा विश्वासको मत लिदै गर्दा पनि जसपाका ठाकुर–महतो पक्ष तटस्थ रहने बताएपनि यादवले आफूहरुले यसको विपक्षमा मतदान गर्ने स्पष्ट पार्नुभएको थियो । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने ठाकुर पक्षले आफ्नो तर्फबाट मधेशका माग र मुद्दाबारे निरन्तर छलफल पनि गर्दै आउनुभएको थियो ।

तर जसपा अध्यक्ष उपेन्द्र यादवले भने ठाकुर पक्षले प्रधानमन्त्री ओलीको प्रतिगमनसँग नजिकिदै जाने र पार्टीलाई कमजोर बनाउने प्रवृत्ति सुरु गरेको उहाँले आरोप लगाउनुभएको छ । उहाँले प्रधानमन्त्री ओली र जसपा नेता ठाकुर–महतो गठवन्धन बाह्य चलखेलबाट हुनुका साथै ‘वाह्य चलखेल र हस्तक्षेपको संकेत पाएरै पाँच पूर्वप्रधानमन्त्रीको विज्ञप्ति निकालेको दावी गनुभयो । उहाले संवैधानिक आयोगमा समेत सत्तापक्षको छायाँ परेको कारण आयोगहरुले निश्पक्षरुपमा काम नगरेको एवीसी टेलिभिजन संगको कुराकानी बताउनुभयो । उहाँ संग गरिएको विशेष कुराकानी आज राती ९ बजे एबीसी टेलिभिजन र फेसबुक पेज मार्फत प्रशारण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि कांग्रेस प्रतिष्ठानले १ करोड दिने, उद्धारमा सरकारलाई सघाउने

व्यवसायी रोहित गुप्तालाई २ करोड धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu