ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अविरल बर्षाका कारण डोल्पामा काठेपुल र पानीघट्ट पनि बग्यो


एबीसी / संवाददाता
३ असार २०७८, बिहिबार   १ : १४   बजे


जाजरकोट, ३ असार :
लगातार परेको अविरल वर्षाका कारण बुधबार बेलुकी डोल्पाको ठूलीभेरी नगरपालिका–६ दुरगाउँस्थित खोलामा काठेपुल र पानीघट्ट बगाएको छ ।

कोठेपुल बगेसँगै स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ । घट्ट बग्दा करिब ३५० घरधुरीले अन्न कुटानी, पिसानी गर्न मुस्किल परेको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिनुभयो । त्यस्तै स्थानीय घट्टेखोला जलविद्युत् आयोजनाको विद्युत् सञ्चालन गर्नका लागि जाने बाटो नै अवरुद्ध भएपछि दुई घण्टा लामो बाटो प्रयोग गर्नुपरेको कार्कीले बताउनुभयो ।

त्यस्तै दुरगाउँकै हिमालय आधारभूत विद्यालयको भवन पहिराले भत्काएको छ । विद्यालय भत्काएसँगै नयाँ कसरी बनाउने चिन्ता थपिएको छ । वडा नं ६ कै यार्सागुम्बा सङ्कलन गर्ने रुपपाटनमा लगिएका २० गाई, गोरु मरेका छन् । निरन्तर पानी पर्दा चिसोका कारण गाई गोरु मरेका हुन् । त्यस्तै जुफालबाट दुनै जाने सडकको बीचमा रहेको खोलामा पानीको बहाव बढेका कारण अस्थायीरूपमा हालिएको काठेपुलमा क्षति भई समस्या भएको ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताउनुभयो ।

टेलिफोन सेवा अवरुद्ध

जाजरकोट सदरमुकाम र अन्य छ स्थानीय तहको सञ्चार सेवा विच्छेद भएको छ । निरन्तर वर्षाका कारण टेलिफोन टावरमा रहेका सोलारमा चार्ज नहुँदा टावर अवरुद्ध भएका हुन् । सदरमुकाममा समेत तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । फोन सेवा नहुँदा कुशे गाउँपालिका वडा नं ८ र ९ का सात व्यक्ति बेपत्ता स्थानीयवासीका बारेमा जानकारी आउन सकेको छैन ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group