ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोटीमा प्रसिद्ध जोरायले बास्मती धान रोप्न शुरु


एबीसी / संवाददाता
७ असार २०७८, सोमबार   ४ : २०   बजे



डोटी, ७ असार
सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध जोरायले बास्मती धान रोप्न शुरु गरिएको छ । यहाँका नौ जिल्लामध्ये जोरायल गाउँपालिकामा उत्पादन हुने उक्त धान देशव्यापी रुपमा प्रसिद्ध मानिदै आएको छ । विभिन्न परिकार बनाउन सकिने यस धानको चामल पकाउँदा, खाँदा बासना आउने हुँदा यहाँ निकै लोकप्रिय मानिन्छ ।
सुदूरपश्चिमसहित नेपालभरिका बजारमा निकै लोकप्रिय बन्दै गएको जोरायले बास्मती चामल यो वर्षको असार ५ गतेदेखि रोप्न आरम्भ भएको स्थानीयवासी बताउँछन् । जोरायले बास्मती धान रोप्न यहाँका किसानलाई अहिले भ्याइनभ्याइ भएको छ ।
ठीक्कै खालको गर्मी मौसम तथा समथल ठाउँमा मात्रै उत्पादन हुने यो धान यहाँको जोरायल गाउँपालिकास्थित रावतकट्टे, चनकट्टे, हाट, सिलङ्गीबाग, थापली, स्याला, पिपलकण्डेलगायतका ठाउँमा लगाउने गरिएको स्थानीयवासी चित्रराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशमा प्रसिद्ध जोरायले बास्मती धान लोप हुने अवस्थामा थियो, अहिले विभिन्न सङ्घसंस्था तथा स्थानीय सरकारको पहलमा संरक्षण गरिएको छ ।”
यहाँ उत्पादन हुने बास्मती चामल छिमेकी मुलुक भारतका विभिन्न शहरमा पनि बिक्रीका लागि पठाउने गरिएको छ । यसको मूल्य प्रतिकेजी रु १२० पर्ने गरेको व्यापारीहरु बताउँछन् । जोरायले बास्मती धान सुदूरपश्चिमकै उत्कृष्ट र मसिनो तथा खाँदा बास्नादार चामल हुने भएकाले सुदूरपश्चिम प्रदेशभरिमा यस धानको निकै माग हुने गरेको अर्का स्थानीयवासी विजयप्रकाश मल्लले जानकारी दिनुभयो ।
जोरायले बास्मती धान संरक्षणका लागि गाउँपालिकाले पनि विभिन्न कार्यक्रमहरु अघि सारेको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिममा उत्कृष्ट मानिएको जोरायले बास्मती संरक्षणका लागि हामीले पालिकाको बजेट विभिन्न कार्यक्रम अघि सारेका छौँ, अब जिल्लाका अन्य क्षेत्रमा पनि उत्पादनका लागि पहल गर्ने छौँ ।”
मनसुन शुरु भएसँगै यहाँका सिँचाइ सुविधा पुगेका ठाउँमा उक्त धान रोपाइँ शुरु भएको हो । खोला किनारमा रहेका फाँटरुमा जोरायले बास्मती धान रोपाइँ गर्न थालिएको जोरायल गाउँपालिका–४ का किसान टेकबहादुर मडैले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष समयमै वर्षात् भएको छ, अहिले हामी बास्मती धान रोप्न थालेका छौँ, रोपी सकेपछि पनि यो धानलाई पानी बढी चाहिने भएकाले यो वर्षको मौसम राम्रो भएको हुँदा धान उत्पादन बढ्ने अनुमान छ ।”
यहाँका कम्तिमा पनि ८०० हेक्टर जमीनमा जोरायले बास्मती धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र सिलगढी डोटीले जनाएको छ । प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले यो वर्ष मनसुन चाँडै भित्रिएकाले जोरायले बासमती धान रोपाइँ पनि छिटो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सिँचाइ सुविधासँगै यो वर्ष समयमै वर्षात् भएको छ, किसानलाई बास्मती धान रोप्न चटारो भएको छ ।”
अघिल्ला वर्षमा जोरायले बासमती धान उत्पादन केही घटेकामा चालु आर्थिक वर्षमा धान उत्पादन बढेको थियो । मौसमले साथ दिए यो वर्ष पनि धान उत्पादन बढ्ने प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका कृषि प्राविधिकको अनुमान रहेको छ । जोरायले बास्मतीसँगै यहाँका किसानले मार्सी, थापाचिनी, गुर्रा, ठेसे, हंसराज र पाल्पाली धान समेत लगाउँदै आएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group