ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडकमा खाल्डो खनेर अवरोध पुर्याएपछि मेचीनगरवासी आक्रोशित


एबीसी / संवाददाता
७ असार २०७८, सोमबार   ४ : २९   बजे


झापा, ७ असार :
भद्रपुर नगरपालिकाले मेचीनगरको गोकुलमार्गमा खाल्डो खनेर अवरोध पुर्याएपछि मेचीनगरवासी आक्रोशित भएका छन् ।

पूर्वीनाका काँकडभिट्टाबाट भद्रपुरको मेची अस्पताल, मेची बहुमुखी क्याम्पस र चन्द्रगढी विमानस्थल पुग्ने सबैभन्दा छोटो बाटोको रुपमा स्तरोन्नति भइरहेको गोकुलमार्गमा भद्रपुर नगरपालिकाले स्काभेटरमार्फत ठूला ठूला खाल्डो खनेर आवागमन बन्द गराएपछि उनीहरु आक्रोशित भएका हुन् । 

मेचीनगर नगरपालिका—१५ र भद्रपुर नगरपालिका—९ को सिमानास्थित हँडिया खोलामा हालै पक्की पुल बनेको छ । चलनचल्तीको सडकमा खाल्डो खनेर अवरोध पुर्याइएपछि मेचीनगरबाट भद्रपुरतर्फ एम्बुलेन्स, निजी सवारी साधन र कलकारखानाका कच्चा सामान बोकेको मालबाहक गाडीहरु खोलाको किनारै किनार उत्तरतिर करीव ९०० मिटर घुमाउरो बाटो भएर जान बाध्य भएको मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराईले जानकारी दिनुभयो । “भद्रपुर नगरपालिकाका प्रमुखलाई भेटेर धेरैपटक सीधा बाटोमा अवरोध नगरिदिनुहोस् भनेर ध्यानाकर्षण गराइसक्यौं,” वडाध्यक्ष भट्टराईले भन्नुभयो, “हाम्रो कुरा उहाँले सुन्नै मान्नुभएन । सार्वजनिक बाटोमा अवरोध पुर्याउनु अन्याय हो ।”

भद्रपुर नगरपालिकाले साविकको सडकबाट पुल दक्षिण सारेर बनाइएको हुँदा समस्या आएको जनाएको छ । पुलको मुखबाट उत्तरतिर मोडिएको घुमाउरो बाटो नै प्रयोग गर्न भद्रपुरले मेचीनगरलाई आग्रह गरिरहेको छ । तर मेचीनगरवासीले वर्षौदेखि प्रयोग गर्दै आएको सडकबाट नै आवतजावत गर्न पाउनुपर्ने माग गरिरहेका छन् । 

हाल विवाद रहेको सडक भद्रपुर नगरपालिकाले निर्माण गरिरहेको साइन्स सिटी (पर्यटकीय क्षेत्र)को जग्गामा पर्छ । साइन्स सिटीबाट सडक दिन नसकिने जनाउँदै भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उत्तरतिरको घुमाउरो बाटो नै प्रयोग गरिनुपर्ने बताउनुभयो । “साइन्स सिटीको बीचबाट हामीले बाटो दिन सक्दैनौं,” उहाँले भन्नुभयो, “उहाँहरु अलिकति घुमेर जाँदा के फरक पर्छ र ?” बरु घुमाउरो बाटोलाई फराकिलो र स्तरीय बनाइदिन आफूहरु तयार रहेको उहाँको भनाइ छ ।

———

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group