काठमाडौँ, १० असार:
बिशेषत साउथ इन्डियन हरुले खानामा अलि बढीनै प्रयोग गर्ने ढोकला प्रति अहिले नेपालीहरुको पनि आकर्षण बढेको देखिन्छ । हल्का फुल्का हुने र पेट सफा गर्ने खानामा सुजिलाई पनि मानिन्छ । सुजीका अनेक परिकारहरु मध्य ढोकला पनि एक हो ।सुजी बाट हलुवा ,उपमा ,पुरी ,मालपुवा जस्तै ढोकला पनि सजिलै बनाउन सकिन्छ ।
सबभन्दा पहिलेत सुजी आलु र दहीलाइ मिलाएर मिक्स्चरमा लेदो बनाउने । त्यसलाई आधाघन्टा छोपेर राख्ने । त्यसपछि पेनमा थोरै तेल राखेर करीपत्ताको पात र रायोको गेडा पड्काउने र त्यसमा पहिल्यै घोलेर राखेको सुजी दही र आलुको पेस्टलाई पेनमा राखेर सबैभन्दा कम आंचमा पैंतालिस मिनेट छोपेर पकाउने ।
त्यसपछि ढोकला तयार बन्छ । त्यसलाइ सर्व गर्नको लागि आफुलाई चाहिने पीसमा काट्ने ।
यौटा भांडोमा थोरै तेल राख्ने फेरि अगाडिनै झै रायोको गेडा र करीपत्तालाई पड्काएर थोरै पानी राख्ने त्यसमा आवस्यकता अनुसार चिनीराखेर एकछिन पकाउने । केही समय पनि नुन राखेर पकाएपछि ग्यांस निभाउनेर स्वादअ
नुसार कागती निचोरेर राखिदिने ।
पहिल्यै पाकेर पिस पिस काटेको ढोकलामाथिबाट यो झोललाई सबैतीर पुग्नेगरी यो भाmेललाई राखेपछि ढोकला खानको लागि तयार हुन्छ ।
प्रतिक्रिया दिनुहोस्