ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरो कप २०२० :आजदेखि क्वाटरफाइल : स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटली भिड्दै


एबीसी / संवाददाता
१८ असार २०७८, शुक्रबार   ७ : ३८   बजे

काठमाडौं, १८ असार। युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ ।

पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति ९:४५ बजे हुनेछ । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ ।

प्रिक्वाटरफाइनलमा स्वीट्जरल्याण्डले साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गरेको थियो । यस्तै स्पेनले अतिरिक्त समयमा क्रोएसियालाई ५-३ ले पराजित गरेको थियो ।

स्वीट्जरल्याण्ड ६७ वर्षपछि ठूलो प्रतियोगितामा क्वाटरफाइनल पुगेको हो । स्वीट्जरल्याण्डले पछिल्लो पटक सन् १९५४ मा विश्वकपको क्वाटरफाइनल खेलेको थियो ।

स्पेन २०१६ को युरोकपमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो । सन् १९६४ को दोस्रो संस्करणको च्याम्पियन स्पेनले सन् २००८ र २०१२ मा लगातार युरोकप उपाधि जित्दै यस्तो उपलब्धि हासिल गर्ने पहिलो टिमको कीर्तिमान बनाएको थियो ।

अर्को खेलमा बेल्जियमले इटलीसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल राति १२:४५ बजे जर्मनीको म्युनिकमा हुनेछ । दुवै टोली अहिलेसम्म शतप्रतिशत जितसहित क्वाटरफाइनल पुगेका छन् । छनोटमा पनि दुवै टोलीले सबै १० खेल जितेका थिए । त्यसैले पनि यो खेल रोमाञ्चक बन्ने अपेक्षा छ । हार्ने टोली युरोकपबाट बाहिरिनेछ ।

इटली लगातार ३१ खेलमा अपराजित छ । पछिल्लो खेलमा अष्ट्रियाविरुद्ध गोल खानुअघि इटलीले लगातार ११ खेलमा क्लिनसिट राखेको थियो । समूह चरणमा कुनै गोल नखाई ३ खेल जितेको इटलीले अन्तिम १६ मा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले पराजित गरेको थियो । सन् १९६८ को विजेता इटली सन् २००० र २०१२ मा उपविजेता बनेको थियो । पाच वर्षअघि फ्रान्समा भएको युरोमा भने इटली क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

उता विश्व नम्बर वान बेल्जियमले साविक विजेता पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । बेल्जियमको अहिलेको टोलीलाई गोल्डेन जेनेरेसनको रुपमा हेरिएको छ । तर केही जित्न सकेको छैन । उपाधि दाबेदार मध्ये एक रहेको बेल्जियम १९८० मा युरोकपमा उपविजेता बनेको थियो । त्यसपछि युरोको तीन संस्करणमात्र खेलेको बेल्जियम पछिल्लो पटक क्वाटरफाइनलबाटै बाहिरिएको थियो । बाँकी दुई क्वाटरफाइनल खेल शनिवार हुनेछ । जसमा चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group