ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यकाका तीन सीडीओको बैठक बस्दै : निषेधाज्ञा थप्ने तयारी,


एबीसी / संवाददाता
२० असार २०७८, आइतबार   ९ : १६   बजे

काठमाडौं, २० असार । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी भइरहेको छ । कोरोना भाइरस संक्रमण महामारी मत्थर भए पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेको ठहर गर्दै थप एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो । उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा छलफल गर्न आज (आइतबार) दिउँसो ३ बजे तीन जिल्ला ९काठमाडौं, ललितपुर र भक्तपुर० का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्ने तयारी भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

‘आज ३ बजे हामी बैठक बस्दैछौं,’ सीडीओ भट्टराईले भन्नुभयो, ‘साँझ ५ बजेसम्ममा निर्णय सार्वजनिक गर्छौं ।’ उहाँका अनुसार थप क्षेत्र खुला गर्ने विषयमा विज्ञहरूसँग सरसल्लाह भइरहेको छ । यसअघि घोषित निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेबाट सकिंदैछ । पछिल्लो पटक थपिएको निषेधाज्ञामा २५ वटाभन्दा बढी सिट भएका सार्वजनिक बसलाई जोर–बिजोर प्रणालीका आधारमा सञ्चालन हुन दिइएको छ भने खाद्यपसल बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला गरी सहज बनाइएको छ ।

यस पटक थपिने निषेधाज्ञा अझ खुकुलो बनाउने तयारी भइरहेको हो । काठमाडौं उपत्यकामा गत वैशाख १६ मा शुरु निषेधाज्ञा पकट पकट अवधि थपेर लम्ब्याउने क्रम जारी छ । तर क्रमशः खुकुलो पनि बनाउँदै लगिएको छ । कोरोना संक्रमण नियन्त्रण भइनसकेकाले निषेधाज्ञा हटाइहाल्ने अवस्था नरहेको उपत्यकाका सीडीओहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu