ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियल मड्रिड छोड्न तयार रोनाल्डो, क्लबसँग गरे आग्रह


sharan sharan
१५ पुस २०७४, शनिबार   ७ : ५६   बजे

पुस १५ – स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोड्न तयार रहेको खबर आएको छ । रोनाल्डोले रियल मड्रिडसँग आफूले क्लब छोड्न चाहेको र अरु क्लबमा जानका लागि आफ्नो मूल्य एक सय मिलियन युरो तोक्न आग्रह गरेको बेलायती पत्रिका डेलीरेकर्डले दाबी गरेको छ ।

रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन मध्ये एकमा जान इच्छा देखाएका छन् । उनले आवश्यक पर्ने भए दुई क्लबलाई यस बारेमा जानकारी गराउन पनि रियल मड्रिडसँग आग्रह गरेका छन् ।

रोनाल्डोल सन् २०१६ मा पाँच सिजनका लागि गरेको सम्झौतामा उनको रिलिज क्लब एक बिलियन युरो रहेको छ । रोनाल्डोका सहयोगी तथा एजेन्टले उनको अनुबन्ध मूल्य रिलिज क्लबको दश भागको एक भाग वा त्यो भन्दा कम राख्न आग्रह गरेका छन् ।

रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र रोनाल्डोको सम्बन्ध पछिल्लो समय चिसिएको दाबी गरिएको छ । अहिले रोनाल्डो पेरेजसँग बोल्न पनि नचाहने अवस्थामा रहेको खबर आएका छन् । रोनाल्डोले रियल मड्रिडमा आफ्नो पारिश्रमिक बढ्नु पर्ने माग गर्दै आएका छन् । तर उनको माग अनुसार पारिश्रमिक बढेको छैन ।

अहिले रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी तथा पिएसजीका नेइमार भन्दा कम पारिश्रमिक पाउने गरेका छन् । यस्तै रियल मड्रिड नेइमारलाई क्लब भित्र्याउन लालाइत रहनुले पनि रोनाल्डो निराश भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group