ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभापति देउवाद्वारा दैलेख कांग्रेसका पूर्वसभापति थापाको निधनप्रति दुःख व्यक्त


एबीसी / संवाददाता
२१ असार २०७८, सोमबार   ५ : ३५   बजे

काठमाडौँ, २१ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दैलेख कांग्रेसका पूर्वसभापति जगतजङ्ग थापाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको आज बिहान दैलेख अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनबाट कांग्रेसले एक असल र निष्ठावान् नेतालाई गुमाएको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

स्व थापा पार्टीको महासमिति सदस्य, कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको केन्द्रीय सदस्य, नेपाल बाल सङ्गठनको पूर्वकेन्द्रीय सदस्य एवं पूर्व जिल्ला सभापति हुनुहुन्थ्यो । कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।
आजै सभापति देउवाले पार्टीको कालीकोट जिल्ला कार्यसमितिका सदस्य एवं महिला शाखा प्रमुख लक्ष्मी शाहीको निधनप्रति पनि दुःख व्यक्त गर्नुभएको छ । उहाँको यही असार १८ गते ५३ वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो ।

नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । सभापति देउवाले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५ सदस्यीय ‘डिजास्टर असिस्टेन्स रेस्पोन्स टिम’ले अत्याधुनिक ड्रोनमार्फत प्रभावित क्षेत्रको नक्सांकन र खोजीमा सहयोग गर्ने

भोटेकोसी बाढीपछि चीनसँगको व्यापार संकटमा, तातोपानी–कोरला–हिल्सा हुँदै सामान ल्याउने तयारी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu