ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हराएको तीन दिन पछि मृत फेला परेका बालकको आफ्नै दिदीले हत्या गरेको खुलासा


एबीसी / संवाददाता
२४ असार २०७८, बिहिबार   ४ : १३   बजे

काठमाडौं, २४ असार ।  कैलालीको टीकापुरमा हराएको तीन दिन पछि मृत फेला परेका साढे तीन वर्षीय बालकको घटनामा प्रहरीले आश्चर्यजनक तथ्य सार्वजनिक गरेको छ । विहिवार पत्रकार सम्मेलन गरी प्रहरीले घटनावारे जानकारी गराएको हो । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा उनकै दिदी नाता पर्ने २ किशोरीलाई पक्राउ गरेको छ ।

उनकै दिदी नाता पर्ने १५ वर्षीया किशोरी र उनकी साथीलाई प्रहरीले पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । दिदीसंग जामुन खान गएर फर्किए पछि नजिकैको आफन्तको घरमा जान भन्दै हिडेका बालक अचानक हराएका थिए । उनी तिन दिन पछि नजिकैको नालामा मृ त फेला परेको हुन् ।

इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा दुई किशोरीलाई पक्राउ गरिएको जानकारी दिइएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने किशोरीले घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । बालकले लगाएको बाला उनकै दिदी नाता पर्ने युवतीको साथीसंग फेला परेपछि घटनावारे रहस्य खुलेको हो । दिदी नाता पर्ने युवतीले जमरा कुलोमा धक्का दिएर विवेकलाई खसाएको स्वीकार गरेकी छन् । प्रहरीका अनुसार ति किशोरीले पारिवारिक रिसिबीका कारण घटनाको योजना बनाएको पनि प्रहरीसंग वयानमा भनेकी छन् । सोमबार ११ बजेदेखि हराएका बालकको बुधवार जमरा कुलोको किनारमा शव फेला परेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu