ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक पुस्तामै विद्वान् तयार गर्न सकिँदैन – प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
२४ असार २०७८, बिहिबार   ५ : ०५   बजे

काठमाडौं, २४ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले एक पुस्तामै विद्वान् तयार गर्न नसकिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पूर्वजहरूले कैयौँ परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सकेमात्रै विषय विज्ञता हासिल गर्न सकिने बताउनुभएको हो ।

मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आविष्कार गर्दै जानुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो । अनुकूल हावापानी र विविध भौगोलिक अवस्था भएका कारण हिमाली , पहाडी र तराईको हावापानीअनुसारका वस्तु उत्पादन गर्न सकिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, एक पुस्तामा नै मेहनत गरेर विद्वान् हुन सकिँदैन । पुस्तादेखि पुस्ताको मेहनतबाट मात्रै विद्वान् हुन सकिन्छ । हामीहरूले पूर्वजको मेमोरी, जेनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता के हो भने मेमोरी पावर र इन्नोभेटिभ पावर । मेमोरी पावर र इन्नोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौँ । हाम्रोजस्तो देशमा हामीले असाधारण ढङ्गले काम गर्न सक्छौँ ।

प्रधानमन्त्री ओलीले वेदको रचना सबैभन्दा पहिले भएको भन्दै नेपालीले आफ्नै गौरवपूर्ण इतिहासलाई संरक्षण र संवर्द्धन गर्दै नयाँ आविष्कारमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यक्रममा पुराना ज्ञानहरू अत्यन्तै प्रभावकारी भएको भन्दै पानीसराको औषधि कालो तिल भएको भन्दै लगाउने तरिका पनि सुझाउनुभयो ।

मैले हिजो बेलुका मात्रै एक जना साथीलाई भनेँ, मैले हेर्न त हेरिनँ, उहाँले जनै खटिरा भन्नुभयो । पानीसराको लक्षण पनि देखिन्थ्यो त्यसमा अनि मैले उहाँलाई एउटा औषधि चाहिँ बताइदिएँ । म आफैँलाई पानीसरा भएको थियो । पानीसरा अत्यन्तै पोल्छ । दुख्छ र घाउ हुन्छ फुटेपछि र त्यो बहुत छिटो फैलिन्छ पनि र त्यसले उच्च ज्वरो आउँछ । साधारण औषधि कालो तिल आफैँले चपाएर थपक–थपक लगाइदियो भने, बिरामीले चपाउन पनि आनन्द मान्छ । र चपाउँदै मसिनो पार्दै त्यो लेप लगाइदियो भने । लगाउँदा सँगसँगै पोलिरहेको पानीसरा, फोका फोका, त्यो जिलजिल गर्ने फोका समाप्त हुन्छ र बिस्तारै त्यो केही घण्टाभित्र सुक्छ । त्यो मैले अरू ठाउँमा पनि प्रयोग गरेर हेरेँ र त्यो अत्यन्तै सफल पनि भयो ।

सार्वजनिक कार्यक्रममा अक्सर सरकार विरोधी विपक्षी मोर्चामा संलग्न नेता तथा तिनका क्रियाकलापको साथै आफ्नै पार्टीका नेताहरूको तिखो आलोचना गर्ने गर्नुभएका प्रधानमन्त्री ओली बिहीवारको कार्यक्रममा भने जडीबुटीको उपयोगिता, नयाँ आविष्कार तथा परम्परागत औषधिको बेलिविस्तार लगाउनुभयो । उहाँले पूर्वजहरूको पालामा नेपाली समाजमा महिलालाई सम्मान गर्ने संस्कार रहेको उल्लेख गर्दै त्यस्तै समानताको समाज निर्माणमा सरकार लागेको स्पष्ट पार्नुभयो । कार्यक्रममा विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group