कीर्तिपुर, १५ पुस । कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा भैरहवाले १५० रनको लक्ष्य पाएको छ ।
राष्ट्रिय टोलीका कप्तानसमेत रहेको पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन जोडेको छ ।
शरद भेषवाकरको कप्तानीमा खेलिरहेको भैरहवा ग्लाडीयटर्सले अब फाइनल उपाधि चुम्नका लागि १५० रन जोड्नुपर्नेछ ।
विराटनगरका लागि अशुंमन रथले ४१, कप्तान खड्काले २७, हरिशंकर शाहले २२ तथा प्रनित थापा मगरले १४ तथा करण केसीले नौ रन बनाएका थिए ।
सुरुवातमा राम्रो प्रदर्शन गरेपनि पछिल्ला क्रमका ब्याट्सम्यानहरू सस्तैमा आउट भएपछि विराटनगरले मध्यम योगफल तयार पारेको हो ।
भैरहवाका लागि पुनित मिश्र र कृष्ण कार्कीले दुई÷दुई तथा शरद भेषवाकर र आरिफ शेखले एक÷एक विकेट लिए ।
अहिले जवाफी ब्याटिङमा उत्रेको भैरहवाले १२ ओभरको खेल सकिँदासम्म २ विकेटको क्षतिमा ९३ रन बनाएको छ ।
–––
प्रतिक्रिया दिनुहोस्