ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंहदरबारमा एमाले कार्यदलको बैठक सुरु, एकताको मस्यौंदा पेश हुने


एबीसी / संवाददाता
२४ असार २०७८, बिहिबार   ८ : ३५   बजे

काठमाडौं, २४ असार । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज दोस्रो पटक बैठक बसेको हो । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच देखिएका विवाद समाधान गर्न कार्यदलको अहिलेको बैठकमा मस्यौदा पेश गरेर छलफल गर्ने नेताहरुले बताएका छन् । यसअघि आजै बिहान बसेको बैठकमा केही तयारी अपुग भएकाले दिनभर तयारी गरेर साँझ बस्नेगरी नेताहरु आन्तरिक परामर्शमा लागेका थिए । यो बीचमा नेताहरुले अध्यक्ष ओली र नेता नेपालसँग आ–आफ्नै ढंगले छलफल गरेका छन् । बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त र भिम आचार्य लगायत ६ जना र ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ , प्रदिप ज्ञवाली, शंकर पोखरेल, बिष्णु रिमाल सहभागी रहेका छन् । कार्यदलका अर्का सदस्य विष्णु पौडेल भने मन्त्रिपरिषद बैठकमा सहभागी भएकाले बैठकस्थलमा आइसकेका छैनन् । नेताहरुका अनुसार आजको बैठकमार्फत पार्टी एकतालाई निष्कर्षमा पुर्याउने प्रयास हुनेछ । तर, नेताहरुबीच शक्तिको बाडफाँडमा कुरा मिलिनसकेकाले कार्यदलमा सहमति जुटे पनि शीर्ष नेताले त्यसलाई अनुमोदन गर्छन् गर्दैनन् भन्ने निश्चित भैसकेको छैन । बुधबार अध्यक्ष ओली र नेपालबीच भएको छलफलमा ठोस सहमति जुट्न नसकेपछि एमाले एकताबारे निश्चिन्त हुने अवस्था नरहेको कार्यदलकै कतिपय नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu