ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक उत्थानका लागि सिर्जनाबाट योगदान गर्न प्रधानमन्त्रीको आग्रह


एबीसी / संवाददाता
२५ असार २०७८, शुक्रबार   १० : ३६   बजे

काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सिर्जनाले सामाजिक उत्थानका लागि योगदान गर्न सर्जकलाई आह्वान गर्नुभएको छ । नेपाल सरकारका तर्फबाट विभिन्न विधाका सर्जकहरूलाई दिइने प्रतिभा पुरस्कार प्रदान गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुुभयो, “हामीले रचना गर्दा हाम्रो कृति पढ्नेको समय बर्बाद नहोस् । यस्तै कृति पढ्न पाएपो भन्ने होस् । समय खेर गएको भन्ने नहोस् ।”

कलाका जुनसकै विधाले पनि नेपालीको एकतामा नविनता र शान्तिको भावना प्रतिविम्बित हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले नेपाली सृजनामा एउटा ठूलो पुनर्जागरण९रेनासाँ० आवश्यक रहेको धारणा पनि उहाँको थियो । “हाम्रा पुर्खा विश्वमै विशिष्ट सर्जक हुन्, बीचमा हामी दैनिक जीवन यापनमै अलमलिएछौँ, पुस्तौँ गएछ”, उहाँले भन्नुभयो ।

नेपाल संसारको अनुपम देश भए पनि विभिन्न कारणले पछाडी परेको भनाइ पनि उहाँको थियो । “पछाडी पर्न हुँदैनथ्यो परेछौँ । गरीब हुन मानेछौँ, अनपढ हुन मानेछौँ”, उहाँले भन्नुभयो । उहाँले नेपालका पुर्वज ज्ञान र कलामा अग्रणी भएको बताउनुभयो । “गत वर्ष यसै ठाउँबाट भनेको थिएँ । राम जन्मभूमि नेपालमै हो”, उहाँले थप्नुभयो ।

शास्त्र, भूगोलका वर्णन र प्राकृतिक प्रमाण यसै भन्ने बताउँदै उहाँले भन्नुभयो, “राम र लक्ष्मणलाई शिक्षा दिन ऋषि विश्वामित्र कोशीबाट पश्चिमतर्फ लागेका थिए, यस्ता अनेकौं प्रमाण छन्, उहाँको भनाइ थियो । साथै महाभारतको लडाइँ कुरु क्षेत्रमा भए पनि ग्रन्थको रचना नेपालमै भएको र जनकको दरबारमा हुने शास्त्रार्थ र सांँख्य दर्शनसम्मको इतिहासले नेपाल ज्ञानभूमि भएको पुष्टीगर्ने भनाइ उहाँको थियो ।

वेद पुराण आदिको रचना छन्दमा गरिएबाट यस भूमिमा छन्दमय जीवन रहेको पृष्टि हुनेसमेत उहाँले बताउनुभयो । दोहोरी गीतको रूपमा अहिले पनि छन्द निर्माणको प्रतिभा नेपालीले बोकीरहेको विचार उहाँको थियो । पुर्खाका यिनै जगका आधारमा तला थप्दै लैजान सक्ने बताउँदै उहाँले पछिल्लो समयमा विगतलाई होच्याउने, इतिहास केही होइनजस्तो गर्ने प्रवृत्ति बढेको पनि प्रधानमन्त्रीले बताउनुभयो । यद्यपी विगतका शासकको सोचाईका कारण कतिपय कुप्रथा समेत चल्दै आएको समेत बताउनुभयो तर त्यसैलाई विगतको समग्र ठान्नु नहुने समेत उहाँले बताउनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले युग कवि सिद्धिचरण श्रेष्ठका नाममा समेत साहित्य पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाउन र दुई वर्ष अघि आफूले स्थापना गरेको प्रधानमन्त्री प्रतिभा पुरस्कार वितरण गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिनुभयो । श्रष्टाहरूलाई अन्य कुनै आधारमा नभई उनीहरूको योगदान पहिचान गरेर योग्य पात्रलाई सम्मानित गरिएको पनि प्रधानमन्त्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group