ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको नेतृत्वमा भारतबाहेक दक्षिण एसियाली राष्ट्र सम्मिलित नयाँ संगठन स्थापना


एबीसी / संवाददाता
२७ असार २०७८, आइतबार   ६ : ५९   बजे

काठमाडौं, २७ असार । भारतबाहेक दक्षिण एसियाली राष्ट्र र चीन सहभागी नयाँ संगठन औपचारिक रूपमा स्थापना गरिएको छ।

बिहीबार चीनको चोङचिङ सहरमा चीन–दक्षिण एसियाली राष्ट्र गरिबी निवारण तथा सहकार्य विकास केन्द्र औपचारिक रूपमा स्थापना भएको हो।

स्थापनाको औपचारिक समारोहमा चीनका सहायक विदेशमन्त्री वु जिआङहाओ र चीनका लागि नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगलादेश राजदूतले सम्बोधन गरेको चीनको विदेश मन्त्रालयले जनाएको छ।

गत अप्रिलमा कोरोना महामारीबारे दक्षिण एसिायली विभिन्न देशका विदेशमन्त्रीसँगको छलफलमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सो सेन्टरको स्थापनाको प्रस्ताव गरेका थिए। जसमा अन्य देशले समर्थन जनाएका थिए।

अन्तरक्रियामा आमन्त्रण गरिएको भए पनि भारत सहभागी नभएको चीनले जनाएको थियो। अन्तरक्रियामा भुटान र माल्दिभ्सको पनि सहभागिता थिएन। चीनसँग भुटानको कूटनीति सम्बन्ध छैन।

सेन्टर स्थापनाको उद्देश्यमा गरिबी घटाउन शक्ति तथा स्रोत एकीकृत गर्ने र दक्षिण एसियाली देशको आर्थिक विकास तथा जनजीविका सुधारका लागि ज्ञान आदानप्रदान गर्ने छन्।

कार्यक्रममा सहायक विदेशमन्त्री वुले चिनियाँ कम्युरनिस्ट पार्टीका महासचिव सी चिनफिङले शतवार्षिकी समारोहमा चीनको निरपेक्ष गरिबीमा रहेका बारेमा ल्याएको ऐतिहासिक प्रस्ताव चीन र चिनियाँ जनताका लागि मात्रै नभएर गरिबी नियन्त्रण गर्न महत्त्वपूर्ण अंश भएको जनाएको छ।

कार्यक्रममा चोङचिङका उपमेयर काई युङले सेन्टर स्थापनाले चीन र दक्षिण एसियाबीच सहकार्यको नयाँ मञ्च भएको बताएका छन्।

गरिबी निवारण सेन्टर स्थापना अवसरमा चीनले दक्षिण एसियाली राष्ट्र आपतकालीन आपूर्ति रिजर्भ, गाउँले गरिबी निवारणका लागि चीन र दक्षिण एसियाली देशको ई–कमर्स फोरम स्थापना गर्ने पनि घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group