ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाघ र मानव द्वन्द्वलाई टार्ने प्रभावकारी कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन


एबीसी / संवाददाता
२७ असार २०७८, आइतबार   १० : ५९   बजे

काठमाडौं, २७  असार।  प्रधानमन्त्री केपी शर्मा ओलीले बाघ र मानव तथा अन्य जनावरसँगका द्वन्द्वलाई टार्ने कार्यक्रम प्रभावकारी बनाउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।

जैविक चक्रको संरक्षणका लागि बाघको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउँदै उहाँले शनिबार प्रधानमन्त्री निवासमा बालुवाटारमा आयोजित राष्ट्रिय बाघ संरक्षण समितिको सातौँ बैठकमा बाघको शिकार तथा आखेटोपहारजस्ता कुरालाई हतोत्साहित गर्न तथा बाघको बासस्थान आसपासका जनतालाई बाघबाट सुरक्षित हुन र टक्करमा नपर्न सचेत हुनुपर्नेमा जोड दिनुभएको हो ।

“संरक्षण क्षेत्रमा बाघकोे आहारा पाउने कुरालाई सुनिश्चित गरिनुपर्छ नत्र अन्यत्रबाट ल्याएर पनि उसका आहारा हुने जन्तु पाल्नुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसो भयो भने मात्र बाघले आफ्नो भोजन बदमासीबिना प्राप्त गर्न सक्छ ।”

संरक्षणमा संलग्न निकायले जङ्गलमा बाघको कति प्रतिशत क्षेत्रमा बसोबास हुन्छ, हिमाल, पहाड र तराई गरी तीनै खालका बाघको सङ्ख्या यकिन गर्न कुन–कुन बाघको कस्तो–कस्तो स्थिति छ भन्ने अध्ययन गर्नुपर्ने बताउँदै उहाँले विकास निर्माणकार्यमा वन्यजन्तुलाई असर नपर्ने गरी नीति बनाउन आग्रह गर्नुभयो ।

पाटेबाघ लोप हुनुपूर्व नै विश्वको चासो बाघ संरक्षणमा गएको उल्लेख गर्दै उहाँले सेन्टपिटसवर्ग सम्मेलनले तय गरेजस्तै बाघको सङ्ख्या दुई गुणा वृद्धि गर्ने निर्णय नेपालले कार्यान्वन गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले शताब्दीयौँदेखि हामीले जोगाएका पाल्तु जनावर खाने बाघ बङ्गाल टाइगर नहुने भएकाले यसलाई पाटे बाघ भन्न पनि आग्रह गर्नुभयो । बैठकले बाघ संरक्षणमा नेपालले गरेका प्रयास र उपलब्धिका बारेमा छलफल गर्दै आगामी दिनमा बाघ संरक्षण विशेष कार्यक्रमलाई पुनः निरन्तरता दिई थप स्रोत जुटाउने, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तु अस्पताल तथा उद्धार केन्द्र स्थापना तथा सञ्चालन गर्ने, बाघको दीर्घकालीन संरक्षण गर्न बासस्थानको विस्तार गर्न आवश्यक तयारी गर्ने, वन्यजन्तुमैत्री भौतिक पूर्वाधार निर्माणसम्बन्धी निर्देशिका, वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ लाई संशोधन गरी सबै डिभिजन वन कार्यालयमार्फत ७७ वटै जिल्लाबाट राहत वितरण गर्नेलगायतका निर्णय गरेको छ । बैठकले आगामी साउन १४ गते बाघ संरक्षणलाई विशेष जोड दिन प्रधानमन्त्री बाघ सम्मेलन कार्यक्रमको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu