पाँचथर, १६ पुस । पाँचथरको फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि प्रतिस्पर्धा आज आइतबार हुँदैछ । प्रतियोगिताको उपाधिका लागि आइतबार सुनसरी–११ र मोरङ–११ विच फाइनल प्रतिस्पर्धा हुन लागेको हो ।
दिउँसो २ बजेदेखि फिदिम माविको खेल मैदानामा हुने खेलमा दुवै टोलीले उपाधि आपनो पक्षमा पार्ने दाबीका साथ मैदान उत्रिँदै छन् ।
प्रतियोगिताको सेमिफाइनलमा सुनसरीले अग्नि रुपन्देही र मोरङले विर्ता युनाइटेड झापालाई पराजित गर्दै फाइनलमा आएका हुन् ।
विजेताले ट्रफिसहित नगद ३ लाख र उपविजेताले ट्रफिसहित नगद २ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक फिदिम स्र्पोटिङ क्लबले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्