ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङका किसानले रोजे कृषिमा आधुनिक प्रविधि


एबीसी / संवाददाता
२७ असार २०७८, आइतबार   १२ : १५   बजे

काठमाडौं, २७  असार। बागलुङका किसानले आधुनिक प्रबिधिको प्रयोग गरेका तरकारी उत्पादन गरिरहेका छन् । हाइड्रोपोनिक, मल्चिङ, थोपा सिचाई, टनेल, हाइटेक, बायो चार लगायतका प्रबिधिको प्रयोग गरी थोरै लागतमा धेरै तरकारी उत्पादनमा किसानलाई सफलता मिलेको छ ।

परम्परागत खेतीलाई बिस्थापित गर्दै बागलुङका किसान आधुनिक प्रविधिमार्फत तरकारी उत्पादन गर्न थालेका छन् । बागलुङका किसान माटो बिनाको ुहाइड्रोपोनिक, प्लास्टिक बिछ्यार गरिने मल्चिङ बिधि, थोपा सिचाई, टनेल, बिरुवालाई भेन्टिलेटरसहितको हाइटेक र कोइला र पानीको माध्यमबाट गरिने बायो चार प्रविधिको प्रयोग गरी तरकारी खेती गर्दै आएका छन् ।

प्रविधि प्रयोगबाट उत्पादन बढी हुने, रोग कम लाग्ने, छोटो समयमा फल फल्ने, जनशक्ति कम लाग्ने एक पटक लगाएपछि लामो समयसम्म टिकाउ हुने, मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न सकिने लगायतका लाभ लिन सकिने भएपछि किसानको आकर्षण आधुनिक खेती प्रणालीमा बढेको हो ।

किसानले प्रविधिको प्रयोग गरी तरकारी खेती गर्दै आएका छन् । जिल्लामा १ हजार जना किसान आधुनिक प्रविधिको प्रयोग गरी खेती गर्दै आएका छन् । किसानलाई प्रबिधिको विकास गरी तरकारी खेतीमा प्रबर्द्धन गर्न जिल्ला कृषि ज्ञान केन्द्रले २ लाख ५० हजारदेखि ५ लाखसम्म अनुदान समेत दिदै आएको छ । बागलुङका अधिकांश किसान परम्परागत खेती त्याग्दै आधुनिक प्रबिधिको प्रयोग गरिरहेका छन् । व्यावसायिक खेतीमै किसानको लगानी पनि बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu