ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व प्रधानमन्त्री भट्टराईले ओली सरकारलाई विभिन्न प्रश्नको जवाफ दिन अपीलमार्फत दिए यस्तो चुनौती


एबीसी / संवाददाता
२७ असार २०७८, आइतबार   १ : १८   बजे

काठमाडौँ, २७ असार ।  पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी वर्तमान कामचलाउ ओली सरकारबाट हुन गइरहेको प्रपञ्‍च अत्यन्त निन्दनीय र घृणित रहेको बताएका छन् ।

आज एक सार्वजनिक अपील जारी गर्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले निगम निजीकरणको भित्री अभीष्ट भनेको ओली नजिकका दलाल पुँजीपतिहरुलाई नै संस्थान पोष्नु रहेको उल्लेख गरेका छन् । ‘क्रोनी क्यापिटालिज्म (दलाल पुँजीवाद) को योभन्दा नग्‍नरुप अरु के हुन सक्छ रु’ प्रश्न गर्दै भट्टराईले अपीलमा भनेका छन् ।

‘आफू सरकारमा रहने अनि आफैले उड्डयन व्यवसाय सम्बन्धमा कुनै अनुभव र ज्ञान नभएका आसेपासे, हुक्के बैठकेहरुलाई प्रबन्ध निर्देशक तथा सञ्चालक सदस्यहरु नियुक्त गर्ने, तिनीहरुबाट हुने नहुने अनेकौं क्रियाकलापहरु गराउने र संस्थानलाई धरासायी तुल्याएपछि संस्थान चलेन भनेर संस्थानको बचेखुचेको सम्पत्तिलाई कौडीको मूल्यमा निजीकरणको नाममा आफ्ना निकटस्थ दलालहरुलाई बिक्री गर्ने जुन षड्यन्त्र भइरहेको छ, त्यो कुनै पनि हालतमा नेपाली जनतालाई सह्य छैन ।’

भट्टराईले ओली सरकारलाई विभिन्न प्रश्नको जवाफ दिन पनि अपीलमार्फत चुनौती दिएका छन् ।

‘अनेकौँ काण्डैकाण्डले थिल्थिलो परेको निगमलाई प्राणसञ्चार गराउन हिसिला यमी पर्यटन तथा नागरिक उड्डयन मन्त्री र म अर्थमन्त्री भएको बेला दुईवटा न्यारो बडी विमान खरिद गर्न नेपाल सरकार जमानत बस्ने व्यवस्था गरिएको थियो,’ अपीलमा छ, ‘फलस्वरुप हाम्रै सरकारको पालोमा दुईवटा न्यारो बडी विमान खरिदको प्रक्रिया अगाडि बढाइएकोमा निगमले दुईवटा एयरबस–३२० विमानहरु प्राप्त गरिसकेको थियो ।’

तर पछि निगमसँग हुँदै नभएको लामो दूरीको रुटको रुपमा अस्ट्रेलियाको सिड्नी, बेलायतको लण्डन, दक्षिण कोरियाको सियोल, अमेरिकाको न्यूयोर्क, चीनको बेइजिङ उडान गर्नका लागि भनी काल्पनिक व्यापारिक रणनीति तयार गरिएको भट्टराईले उल्लेख गरे ।

‘नितान्त कमिशन हात पार्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२/१२ अर्ब रुपियाँ नेपाल सरकारको जमानतमा निगमलाई ऋण प्राप्त गर्न लगाई दुईवटा वाइड बडी एयरबस–३३० विमान रु २४ अर्बमा खरिद गर्न लगाइयो,’ उनले खुलाएका छन् ।

लेखा समितिबाट यसमा रु ४ अर्ब ५० करोड भ्रष्टाचार भएको ठहर गरिएको तर यसलाई गुपचुप नै पारियो भन्दै भट्टराईले निगमसँग भएको छोटो दूरीको एयरबस–३२० को दुईवटा विमानलाई थन्क्याएर छोटो र मध्यम दूरी रहेको रुटमा वाइड बडी विमान उडाइरहेको दाबी गरे ।

एकातिर  १० अर्बमा खरिद गरेको ती दुई न्यारो बडी विमानहरु उड्न नसक्नु र अर्कोतर्फ वाइड बडी विमान पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा निगमको सञ्चित नोक्सानी रु ६ अर्ब पुगिसकेको भट्टराईले उल्लेख गरेका छन् ।

‘निगमलाई यो हालतमा पुर्‍याउने निर्णयकर्ताहरु को को हुन्, के यसको छानवीन हुनु पर्दैन ? अहिले नै निगमको ऋण दायित्व  ४६ अर्ब पुगिसकेको बुझिएको छ । यसबाहेक पनि अन्य अर्बौं रकम दायित्व रहेको छ । के यस्तो हालतमा सञ्चालनमा रहेको निगमले यति ठूलो दायित्व भुक्तानी गर्ने क्षमता राख्दछ रु’ भट्टराईको प्रश्न छ, ‘निगमको आर्थिक अवस्था यति नाजुक र जर्जर भइसकेको छ कि यसले कर्मचारीहरुको तलब भुक्तानी र अन्य कार्यसञ्चालन गर्न पनि बैंकबाट ऋण प्राप्त गरिरहेको छ ।’

प्राविधिक रुपमा भन्ने हो भने निगमलाई विघटनको अवस्थामा पु¥याइसकेको भट्टराईको जिकीर छ । ‘के निगमको व्यवस्थापन, सञ्चालक समिति र वर्तमान सरकारसँग समस्यालाई समाधान गर्न विकल्प सहितको रणनैतिक योजना छ ?’ भट्टराईको चुनौती छ, ‘हाल गर्न खोजिएको निगमलाई पब्लिक लिमिटेड कम्पनीको रुपमा रुपान्तर गर्दैमा समस्याको समाधान हुन्छ ? के यसको अचुक औषधि निजीकरण हो ?’

आफ्ना कमीकमजोरीहरुलाई ढाकछोप गर्ने र आफ्नो नजिकका दलाल पुँजीपतिहरुलाई कौडीको मूल्यमा निगमको सम्पत्ति विक्री गर्ने मनसायबाट यो योजना सतहमा ल्याइएको भट्टराईको आरोप छ । निगमको सञ्चालक समितिबाट पारित गरी पर्यटन मन्त्रालय पठाइएको कम्पनीको प्रस्तावित प्रबन्धपत्र र नियमावलीमा ५१५ संस्थापक तथा संस्थापक समूहको शेयर खरिद गर्ने शेयरधनी भनिएको छ । यो भनेको घुमाउरो रुपमा कुनै अमुक संस्था वा व्यक्तिलाई जनाउँछ ।

प्रस्तावित कम्पनीको ३० प्रतिशत शेयर ख्यातिप्राप्त विदेशी वायुसेवा कम्पनीलाई दिने भनिएको छ । ‘के त्यस्तो रणनीतिक विदेशी साझेदारसँग निगमले वा सरकारले वार्ता गरिसकेको छ रु त्यस्तो विदेशी हवाई कम्पनीले लगानी गर्न थप के सुविधा वा अधिकार चाहन्छन् रु यो अमुक विदेशी हवाइ कम्पनी को हो रु’ भट्टराईको प्रश्न छ ।

कुनै अमूक समूह वा व्यक्तिहरुबाट तयार पारिएको कथित प्रबन्धपत्र र नियमावलीलाई निगमको सञ्चालक समितिले पारित गरी निगमकै भविष्यमा ठूलो प्रश्नचिन्ह खडा गरिदिएको भट्टराईको दलील छ ।

सरकारको शतप्रतिशत स्वामित्व रहेको कारणले निगमलाई विमान खरिद गर्न नेपाल सरकारबाट प्रदान गरिएको रु ३४ अर्बको जमानत ऋणको अवस्था के हुन्छ ? भन्दै भट्टराईले अपीलमा भनेका छन्, ‘यदि उक्त ऋण निगमले भुक्तानी गर्न नसकेको खण्डमा जनताले तिरेको करबाट भुक्तानी गर्नुपर्ने दायित्व नेपाल सरकारको हुने हुँदा के निजीकरण अगावै त्यस्तो ऋणको सावाब्याज कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गर्ने अवस्थामा रहेको छ ? निजीकरण भएपछिको कम्पनीको त्यस्तो ऋणकालागि सरकार जमानत बसिरहन सक्छ ?’

सरकारी क्षेत्रको यति ठूलो संस्थानलाई गरिने निजीकरणले दूरगामी प्रभाव पार्ने हुँदा यो अधिकार कामचलाउ सरकारसँग नरहेको भट्टराईको ठहर छ । ‘अतः कर्मचारीहरुको न्यायपूर्ण मागलाई स्वीकार गर्ने र निजहरुउपरको दमन बन्द गरी निजीकरणको यो गलत प्रक्रियाबाट सरकार तुरुन्त पछि हट्न र यस गलत कार्यमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउन म हार्दिक अपील गर्दछु,’ भट्टराईले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group