ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीले पत्याउनै छाडे मन्त्रीलाई


sharan sharan
१६ पुस २०७४, आइतबार   ९ : १२   बजे

काठमाडौं १६ पुस।  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पहिलेसम्म मन्त्रीहरू पनि धेरै समय मन्त्रालयमा बस्दैनथे । सधैँभरी दौडधूपमा रहने मन्त्रीहरू मन्त्रालय आउँदा सचिव तथा अन्य कर्मचारी कार्यक्रम स्वीकृत तथा अन्य गतिविधिका फाइल बोकेर मन्त्रीसामु आइपुग्थे । मन्त्रीलाई एकपटक नमस्कार गर्नकै लागि पनि उनीहरू आतुर हुन्थे । तर, अहिले सिंहदरबारमा यो दैनिकी फेरिएको छ । बिहान ८ बजे मन्त्रालय पुगेका मन्त्री दिनभर कार्यकक्षमै हुन्छन् । राती ९ बजे मात्र मन्त्रालयबाट निस्कन्छन्, र पनि मन्त्रीले अहिले कर्मचारीको नाकमुख देख्दैनन् । पहिले मन्त्रालयमा कर्मचारीलाई मन्त्री भेट्न मुस्किल हुन्थ्यो भने अहिले मन्त्रीले कर्मचारी भेट्न मुस्किल छ । माथिल्लो तहका कर्मचारीको त कुरै छाडौँ, मन्त्रालयमा सामान्य कर्मचारीसमेत नभेटिने गरेको स्वयं मन्त्रीहरू गुनासो गर्दै आएका छन् ।
धेरै मन्त्रीहरू चुनावपछि बिहानदेखि रातीसम्म मन्त्रालयमै ‘व्यस्त’ हुने गरेका छन् । मन्त्री मन्त्रालयमा व्यस्त भएका वेला कर्मचारीको भने भागाभाग हुन थालेको छ । विभिन्न कामको बाहना बनाएर कर्मचारीहरू मन्त्रालयबाहिर निस्कन थालेका छन् । अधिकांश मन्त्रालयका सचिव विभिन्न बहानामा मन्त्रालय नै जान छाडेका छन् । सिंहदरबार पुगेर हेर्दा पनि मन्त्रीका झन्डावाला गाडी दिनभर मन्त्रालय परिसरमै भए पनि मन्त्रालयमा कार्यरत सचिवका नेमप्लेट भने ‘बाहिर’ को संकेत गरिरहेका हुन्छन् । कर्मचारीहरू मन्त्रीको नजिक पर्नै चाहँदैनन् अहिले ।

मन्त्रालयमा गएर उनीहरूको गतिविधि बुझ्दा पनि सचिवले मन्त्रीलाई नटेरेको र उनीहरू तर्किएर हिँडेको भान हुन्थ्यो । सचिवलाई नभेटे पनि उनीहरूको सचिवालयमा सोध्दा केही दिनदेखि कार्यालयमा नआएको जानकारी प्राप्त भयो । कामका सिलसिलामा बाहिर गएको जानकारी सचिवालयले दिए पनि के काम र कति समयका लागि भन्ने विषय भने अनुत्तरित नै रह्यो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की उपत्यका बाहिर रहेको जानकारी उनको सचिवालयले दियो । तर, उनी के कामका लागि काठमाडौं बाहिर गएको भन्ने विषयमा सबै बेखबर थिए ।
कृषि मन्त्रालयमा सचिव डा. सुरोज पोखरेल उपत्यका बाहिर नै भएको जानकारी भए पनि उनको कामबारे सचिवालयले कुनै जानकारी दिन सकेन । सहरी विकास मन्त्रालयमा मन्त्री भए पनि सचिव भने केही दिनदेखि उपत्यका बाहिर रहेको जानकारी सचिवालयले दियो । सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदार अधिकारी भने विदेश भ्रमणमा रहेछन् ।

‘अरूको त के कुरा यहाँका कार्यालय सहयोगीले पनि हामीलाई भनेका वेला चिया खुवाउन छाडे,’ पहिला मन्त्रालय छिर्नेबित्तिकै कर्मचारी भेट्न आतुर हुने गरेको स्मरण सुनाउँदै उनले भने, ‘पहिला नमस्कार गर्न र भेट्न पालैपालो आउँथे । अहिले त आवश्यक कामका लागि पनि सहयोग छैन ।’

‘चुनावअघि मन्त्रीलाई नमस्कार गर्दै चार पाँच पटक हातमा फाइल बोकेर मन्त्रीको कार्यकक्षमा आउने सचिवहरू चुनावमा वामपन्थीले जितेसँगै मन्त्रीलाई भेट्नुपर्ला भनेर तर्किंदै हिँड्न थालेका छन् एक मन्त्रिका स्वकिय सचिवले भने अहिले एकाएक नयाँ कार्यक्रम बनेको बताउँदै उनले भने, ‘विभिन्न कार्यक्रम बनाएर अनुगमनको नाम दिँदै कोही उपत्यका बाहिर छन्, कोही बिदामा छन् । धेरै मन्त्रालयमा अहिले सचिव छैनन् ।’ चुनावपछि सचिवहरू मन्त्रालय नआउने र आए पनि सकेसम्म मन्त्रीसँग तर्किएर हिँड्ने गरेको उनले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीजमा दिदीबहिनीलाई उपहार दिने गोविन्दको सपना, भोटेकोशी बाढीले अधुरै बनायो

नेपालको बाढीले भारतलाई पनि जोखिम, सीमापार नदी व्यवस्थापनमा सहकार्य आवश्यक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशी बाढीले नुवाकोटका किसानको पशुधनमा ठूलो क्षति, पुनर्स्थापनाको चिन्ता

भोटेकोशी बाढीपीडितका लागि राष्ट्रसङ्घद्वारा ४ करोड ९६ लाख डलर सहयोगको अपिल

कृष्णभिर सडक अवरुद्ध भएपछि ग्यास आपूर्ति सहज बनाउन उद्योगी सक्रिय

तीजमा दिदीबहिनीलाई उपहार दिने गोविन्दको सपना, भोटेकोशी बाढीले अधुरै बनायो

चीनको गिरोङमा बाढी–पहिरोमा ३१ जनाको मृत्यु, ५३१ बेपत्ता

नेपालको बाढीले भारतलाई पनि जोखिम, सीमापार नदी व्यवस्थापनमा सहकार्य आवश्यक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu