ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शितल निवास पुगेको आधा घन्टा हुन लाग्दा पनि सपथ ग्रहण भएन, भाषा नसच्चिएसम्म सपथ नलिने अडान


एबीसी / संवाददाता
२९ असार २०७८, मंगलबार   ८ : २०   बजे

काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शितल निवास पुगेका छन्। उनी शितल निवास पुगेको आधा घन्टा हुन लाग्दा पनि सपथ ग्रहणको सुरसार छैन। साँझ ६ बजेका लागि सपथ ग्रहण गर्ने भनिए पनि ८ बजेसम्म सपथ सुरू नभएको हो।प्रधानमन्त्रीमा नियुक्त गरिएकोबारे राष्ट्रपतिको पत्र सच्याउनुपर्ने अडानमा देउवा छन्। राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको धारा उल्लेख गरेको छैन।पत्रमा ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/०३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको छ’ उल्लेख थियो।

यसमा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गर्नुपर्ने अडानमा देउवा छन्।स्रोतका अनुसार देउवाले नियुक्ति पत्र सच्याउनका लागि पार्टीका नेताहरूमार्फत् सुरूमा राष्ट्रपतिका सञ्चार सल्लाहकार टीका ढकाललाई आग्रह गरेका थिए।

तर केही समय पर्खंदा पनि संविधानको धारा उल्लेख गरेको नियुक्ति पत्र नआएपछि देउवाले सरकारका मुख्यसचिव शंकरदास बैरागीमार्फत् धारा उल्लेख गर्दै नियुक्ति पत्र सच्याउन आग्रह गरेका थिए।नियुक्ति सच्याउने खबर आएको भन्दै देउवा साँढे ६ बजेतिर बूढानिलकण्ठस्थित निवासबाट शितल निवासका लागि निस्केका थिए। तर उनी शितल निवास पुग्दा पनि नयाँ नियुक्ति पत्र बनेको थिएन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group