ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चेल्सीको स्टोक सिटीमाथि ५–० को शानदार जित


admin
१६ पुस २०७४, आइतबार   ३ : ४२   बजे

 

काठमाडौ, १६ पुस । चेल्सी म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै इंग्लिस प्रिमियर लिग फुटबलको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सीले स्टोक सिटीमाथि ५–० को प्रभावशाली जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको हो । चेल्सीले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गरेको हो । चेल्सीका लागि एन्टोनिओ रुडिगर, ड्यानी ड्रिङ्कवाटर, पेड्रो, विलियन र डाभिडे जापाकोस्ताले एक एक गोल गरे । तेस्रो मिनेटमा रुडिगरले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए । त्यसको ६ मिनेटपछि ड्रिङ्कवाटरले अग्रता दोब्बर पारे । २३ औं मिनेटमा पेड्रोले गोल गरेपछि चेल्सीले पहिलो हाफमा ३–० को अग्रता लियो । चेल्सीका लागि ७३ औं मिनेटमा विलियन र ८८ औं मिनेटमा जापाकोस्ताले गोल गरे र चेल्सी ५–० ले विजयी भयो । जितपछि दोस्रो स्थानमा उक्लिएको चेल्सीको २१ खेलबाट ४५ अंक भएको छ । चेल्सीले राति नै भएको खेलमा बराबरीमा रोकिएको म्यानचेस्टर युनाइटेडलाई एक अंकले पछि पारेको छ भने शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १३ अंकले पछि छ । राति नै भएको खेलमा स्वान्सी सिटीले वाट्फोर्ड तथा बोर्नमाउथले एभर्टनलाई २–१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group