ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री देउवा उपत्यकाको कोरोना खोपकेन्द्र अनुगमनमा निस्किँदै


एबीसी / संवाददाता
४ श्रावण २०७८, सोमबार   ९ : १७   बजे

काठमाडौं । कोरोनाविरुद्धको खोप आपूर्ति र वितरणलाई सरकारको अर्जुनदृष्टि बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज काठमाडौं उपत्यकाका कोरोना खोप केन्द्रको निरीक्षण तथा अनुगमन गर्दैछन् ।

आज विहान १० बजेपछि प्रधानमन्त्रीको टोली उपत्यकाका केहि सरकारी र निजी अस्पतालमा पुगेर खोप वितरणका सहजता÷असहजताबारे जानकारी लिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्रीले आज नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल, ललितपुर लगायतका खोपकेन्द्रको निरीक्षण गर्नेछन् ।

आजैदेखि काठमाडौंमा अमेरिका सरकारले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप वितरण सुरु हुँदैछ । खोप अभियानका क्रममा तोकिएको उमेरसमूहका नागरिक भन्दा अन्य उमेरसमूहलाई वितरण गरिएको गुनासो आइरहेको समयमा प्रधानमन्त्री आफैं अनुगमनमा निस्किएका हुन् । हिजो प्रतिनिधिसभा वैठकमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री देउवाले आफ्नो सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता भनेको कोरोना खोपमात्र रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौ १०को विपद्बारे चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन सार्वजनिक

कांग्रेस इतर समूहले छुट्टै महाधिवेशनको तयारी थाल्यो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu