ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थामियो नेप्से, बजार पूँजीकरण ४१ खर्ब ५३ अर्ब


एबीसी / संवाददाता
५ श्रावण २०७८, मंगलबार   ६ : ०८   बजे

काठमाडौं ।  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.०१ अङ्कले ओरालो लागेर दुई हजार ९८५.५७ मा ओर्लेको छ । आइतबार र सोमबार भने नेप्से उकालो लागेको थियो । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।८२ अङ्कले ओरालो लागेर ५५८।११ मा ओर्लेको छ ।

कूल २१९ कम्पनीको तीन करोड १६ लाख आठ हजार १९३ कित्ता शेयर रु सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण रु ४१ खर्ब ५३ अर्ब सात करोड ९० लाख ३४ हजार ३०२ को हाराहारीमा पुगेको छ ।कारोवार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार १२६.३८, होटल तथा पर्यटन ६०.२१, जलविद्युत् ३५.८९, उत्पादन १४।३६ र सामूहिक लगानी कोष १.०२ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ०.७४, विकास बैंक ३८.२२, वित्त ३२.२२, निर्जीवन बीमा १८८.१६, अन्य २६.४२, लघुवित्त २७.११, जीवन बीमा १२६.९५ र लगानी १.११ बिन्दुले ओरालो लागेको छ ।

कारोवारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३८ करोड ७८ लाख २० हजार ९६८ बराबरको कारोवार भयो । अरुण भ्याली हाइड्रोपावर रु २६ करोड ९८ लाख ४१ हजार २३९, नेपाल इन्स्योरेन्स रु २४ करोड १८ लाख २७ हजार ५१, एनआइसी एशिया बैंक रु २३ करोड ४९ लाख ६९ हजार ९१३ र कृषि विकास बैंक रु २२ करोड ७४ लाख ८५ हजार ९५७ बराबरको कारोवार भई शीर्ष स्थानमा पुगे । कारोवारका आधारमा लक्ष्मी उन्नति कोष १०.०४, लक्ष्मी इक्विटी फण्ड १०.०१, बरुण हाइड्रोपावर ९.३९, माउण्टेन हाइड्रोपावर ९।२८ र ग्लोबल आइएमई समुन्न्त स्किम–एकका लगानीकर्ताले ८.९२ प्रतिशतले कमाए । आइसिएफसी फाइनान्सको ऋणपत्र ६.१७, नेपाल इन्स्योरेन्स ४.७८, समिट लघुवित्त वित्तीय संस्था २.९१, एचआइडिसिएल २.८६ र पोखरा फाइनान्सका लगानीकर्ताले २.८१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu