काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफुले मौद्रिक नीति नरोकेको दाबी गर्नुभएको छ ।
बिहिबार आर्थिक पत्रकार संघ नाफिजसगको अन्तरक्रियामा अर्थमन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले कतिबेला मौद्रिक नीति ल्याउने भन्ने जिम्मा पनि राष्ट्र बैंकको भएको प्रष्ट पार्नुभएको हो । अर्थमन्त्रीले राष्ट्र बैंकका गभर्नरलाई व्याज बढेर जनता अफ्ठयारोमा नपरुन्, पुर्नकर्जा लिने अवस्थाबाट, ऋण लिने अवस्थाबाट कोहि पनि बन्चित हुने अवस्था नआहोस् भन्नेमा आग्रह गरिएको बताउनुभयो ।
मन्त्रालयमा माग धेरै आए पनि हिजोको र आजको वातावरण फरक भएकाले परिवर्तित वातारणलाई सहज बनाइदिन मात्र गभर्नरलाई आग्रह गरिएको बताउनुभयो । उहाले गभर्नरलाई जनतालाई अफ्ठयारो नपर्ने गरी काम नगर्न आग्रह गरेको भने स्विकार गर्नूभयो । नीतिको कारणले आर्थिक क्रियाकलापमा असहज हुन, जनतालाई अफ्ठयारो पर्ने आर्थिक गतिविधिमा बाधा नपर्ने प्रकारका मौद्रिक नीति ल्याउन सुझाव दिएको प्रष्ट पार्नुभएको हो ।
आफ्नो कर्तव्य मात्र पूरा गरेको भन्दै मन्त्री शर्माले विभिन्न चरणमा पूर्वअर्थमन्त्रीहरु, उद्योगी व्यवसायीहरुसगको अन्तरक्रिया गरेको गरेको जानकारी दिनुभयो । नया अवस्थामा नया ढाचा कै बजेट र मौद्रिक नीति आवश्यक रहेकोमा मन्त्री शर्माले जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्