ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 खाद्यान्न र शैक्षिक सामग्री सहयोग


एबीसी / संवाददाता
१६ श्रावण २०७८, शनिबार   २ : १८   बजे

काठमाडौँ, १६ साउन :
काठमाडौँको बानेश्वरमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न र लमजुङको अमरज्योति प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।

लायन्स क्लब अफ काठमाडौँ समर्पणले आज बानेश्वरमा आयोजना गरेको कार्यक्रममा केन्द्रमा बस्दै आएका बालबालिकाका लागि दाल, चामल, तेल, चाउचाउ, बिस्कुट, थर्मस लगायतका सामग्री सहयोग गरेको हो ।

यस्तै लमजुङको राइनास नगरपालिका–८ स्थित पीपलटारीमा रहेको अमरज्योति प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री सहयोग गरेको हो । कार्यक्रममा क्लबका अध्यक्ष लबेन्द्रसिंह मल्लले अभिभावकविहीन भएका बालबालिकाको उज्ज्वल भविष्यका लागि बालआश्रमले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

क्लबका उपाध्यक्ष अखिल अग्रवालले लायन्स क्बलले सबै संस्थामार्फत सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । लायन्स क्बल डिस्ट्रिकको चिफ एडभाइजर भीम पौडेलले सेवाको भावना बोकेर स्थापना भएको लायन्स क्बलले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । इन्जिनीयर पङ्कज जलानले युवालाई अगाडि बढाए मात्र देशको विकास हुने भएकाले उचित शिक्षा प्रदान गर्न बालआश्रमलाई आग्रह गर्नुभयो ।

विसं २०६४ मा स्थापना भएको बालआश्रमले शुरुमा आमाबाबु नभएका १३ बालबालिकालाई सेवा प्रदान गरेको थियो । अहिले ५५ बालबालिकालाई बालआश्रममा राखेर सेवा प्रदान गर्दै आएको नयाँ नेपाल समाज केन्द्रका अध्यक्ष कृष्णराज गुरुङले राससलाई जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका–३१ मा सञ्चालनमा रहेको उक्त बालआश्रममा सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङ लगायतका बालबालिका बस्दै आएका छन् ।

कार्यक्रममा अमरज्योति प्रावि लमजुङका प्रधानाध्यापक हरिमाया घिमिरेले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री सहयोग गरेर ठूलो गुन लगाएको भन्दै लायन्स क्लब अफ काठमाडौँ समर्पणलाई धन्यवाद दिनुभयो ।

एक दशकपहिले काठमाडौँको सानेपामा स्थापना भएको उक्त लायन्स क्लबले गत वर्ष कोरोना शुरुआती चरणमा २०० सिलिन्डरसहित ‘अक्सिजन बैंक’ स्थापना गरी समाज सेवा गर्दै आएको थियो ।

क्लबले कोरोनाको दोस्रो चरणमा ललितपुरको जावलाखेलमा ‘जे एन्ड जे कोभिड क्लिनिक’ स्थापना गरी गरिब तथा विपन्न व्यक्तिलाई निःशुल्क कोरोना परीक्षण मिलाएको क्लबका प्रवक्ता एवम् सदस्य विवेक शर्माले जानकारी दिनुभयो । क्लबले आगामी दिनमा पनि समाज सेवालाई निरन्तरता दिने प्रवक्ता शर्माको भनाइ छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu