ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होटलमा खोप भेटिएको घटनाको छानबिन गर्न समिति गठन


एबीसी / संवाददाता
१६ श्रावण २०७८, शनिबार   ६ : २०   बजे

झापा । झापाको विर्तामोडस्थित टाइमलेस होटलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति ओमबहादुर खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षमा आज बसेको जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न सो समिति गठन गरेको हो । बैठकले घटनाको निष्पक्ष छानबिन गरि प्रतिवेदन बुझाउन समितिलाई सात दिनको समय दिएको बताइएको छ । सो समितिका सदस्यमा जिल्ला समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, प्रहरी नायब उपरीक्षक राकेश थापा, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम प्रसाईँ र अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन् ।

बैठकले छानबिन नटुङ्गिएसम्म स्रोत व्यक्ति खड्कालाई खोपसम्बन्धी कुनै पनि गतिविधि नगर्न आग्रह गर्ने, स्वास्थ्य कार्यालयलाई कोभिड–१९ विरुद्धको खोपको विवरण सार्वजनिक गर्न निर्देशन दिने र पेट्रोलपम्पहरुमा काम गर्ने ३०० कामदारलाई चारआली डिपोमा गई कोभिड–१९ विरुद्धको जोनसोन खोप लगाउने व्यवस्था मिलाउने जिम्मेवारी समितिलाई दिएको छ । त्यसैगरी खोप अनियमिततासम्बन्धी घटनाका दोषीलाई तत्काल सेवाबाट निलम्बन गरेर आवश्यक अनुसन्धान गरी घटनाको छानबिन र कारवाही गर्न झापाका पाँच राजनीतिक दलले आजै विज्ञप्ति जारी गरी माग गरेका छन् ।

नेपाली कांग्रेसका सभापति उद्वव थापा, नेकपा ९माओवादी केन्द्र०का सचिव मणिकुमार राई, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष दिपेनबाला राई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष केशव ओझा, राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष सन्तोषकुमार राईले संयुक्त प्रेस विज्ञप्ति जारी गरी सर्वसाधारणले खोप लगाउन नपाउने तर होटलमा लुकाएर राखेको उक्त कार्य निन्दनीय, अमानवीय र अक्षम्य घटनाप्रति खेद व्यक्त गर्दै कारवाहीको माग गरिएको हो । घटनाको सत्यतथ्य बाहिर नआएसम्म स्वास्थ्य कार्यालय झापाका प्रमुख र विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका कोरोना स्रोत व्यक्तिसहित घटनामा संलग्न आरोपीलाई निलम्बन गर्नसमेत विज्ञप्तिमार्फत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group