ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुपरमार्केटमा चिप्लिएर ल’ड्ने व्यक्तिले २ करोड १० लाख पाए


एबीसी / संवाददाता
१७ श्रावण २०७८, आइतबार   २ : २९   बजे

 

काठमान्डौ १७ साउन
जापानको टोकियोमा एक अदालतले सुपरमार्केटमा चिप्लिएर ल’डेका एक ग्राहकलाई १ लाख ९० हजार डलर तिर्न सुपरमार्केट सञ्चालकलाई आदेश दिएको छ । सलादका रुपमा प्रयोग गरिने साग लेटिशबाट चुहिएको पानीका कारण भिजेको भुँइमा चिप्लिएर घाइते भएका ती व्यक्तिलाई सो रकम तिर्न अदालतले सुपरमार्केट सञ्चालकलाई आदेश दिएको हो ।

टोकियोमा बस्ने ६० वर्षिय ती पुरुषले टोकियो जिल्ला अदालतमा सुपरमार्केट सञ्चालक विरुद्ध मुद्दा दायर गरेका थिए । ती व्यक्ति खानागावास्थित एक सुपरमार्केटमा पाँच वर्षअघि किनमेल गर्न गएका थिए । यस क्रममा उनी किराना सामान पाइने हिस्साको भुँइमा लडे । सो घ’टनापछि उनी अ’पाङ्ग भए अनि चिसो भुँइका कारण आफू चिप्लिएको भन्दै क्षतिपूर्ति माग गरी मुद्दा हाले ।

भुँइ चिसो नभएको र ती व्यक्ति चिप्लो खालको चप्पल लगाएकोले चिप्लिएको भन्दै सुपरमार्केटले सो दाबीको खण्डन गर्दै आएको थियो । तखताबाट हरेक पटक ग्राहकहरुले रातो पात भएको लेटिश उठाउँदा यसमा भएको पानी भुँइमा चुहिने अनि भुँइ भिज्ने गरेको टोकियो जिल्ला अदालतका न्यायाधीस शिनादा युकिओले फैसला सुनाउने क्रममा भनेका छन् ।

यस्तो हुन सक्छ भनेर सुपरमार्केट सचेत रहेको भएपनि नियमित रुपमा पुछ्ने जस्ता कदम चालेर समस्या सम्बोधन नगरेको उनले बताए । भुँइमा चिप्लेर अपाङ्ग हुन पुगेका ती व्यक्तिको आय गुमेको र अपाङ्ग हुनु परेको अवस्थाको क्षतिको पूर्ति गर्न पीडितलाई २ करोड १० लाख येन तिर्न युकिओले सुपरमार्केट सञ्चालकलाई आदेश दिएका छन् । यस मामिलामा सुपरमार्केट सञ्चालकले प्रतिक्रिया दिइ नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group