ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र क्रिष्टल प्यालेस गोलरहित बराबरीमा रोकियो


admin
१७ पुस २०७४, सोमबार   ११ : ५३   बजे

काठमाडौं, १७ पुस । इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीको कीर्तिमानी विजयी यात्रा टुंगिएको छ ।

प्रिमियर लिगमा लगातार १८ खेल जितेर एकै सिजन र समग्र प्रिमियर लिगको इतिहासमा लगातार सबैभन्दा धेरै खेल जित्ने कीर्तिमान बनाएको पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी गएराति भएको खेलमा क्रिष्टल प्यालेससंग गोलरहित बराबरी रोकियो । यो सिजनको २१ खेलसम्म आइपुग्दा समग्रमा १९ खेल जितेको छ भने दुई खेलमा बराबरी गरेको छ । पछिल्लो पटक गएको अगस्ट २१ मा भएको खेलमा म्यानचेस्टर सिटी एभर्टनसंग १–१ को बराबरी रोकिएको थियो । त्यसपछि लगातार १८ खेलमा विजयी भएको सिटी गएराति अवे मैदानमा भएको खेलमा जित निकाल्नबाट चुक्यो । रेलिगेशन जोनबाट माथि रहेको क्रिष्टल प्यालेसले स्टार खेलाडीले भरिएको म्यानचेस्टर सिटीलाई गोल गर्न दिएन । खेलको अधिकांश समय बलमा नियन्त्रण बनाएर पनि सिटीले गोल भने गर्न सकेन । क्रिष्टल प्यालेसका लुका मिलिवोजेविकले अन्तिम मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न सकेनन् र म्यानचेस्टर सिटी हारबाट जोगियो । क्रिष्टल प्यालेससंगको बराबरीपछि लिडर सिटीको २१ खेलबाट ५९ अंक भएको छ । सिटी दोस्रो स्थानको चेल्सी भन्दा १४ तथा तेस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा १५ अंकले अघि रहेको छ । खेलपछि प्रशिक्षक गार्डिवलाले आफ्नो टिम पूरै सिजनमा अपराजित रहने सम्भावना कम रहेको बताएका छन् । सिटीले यो सिजन लिगमा अहिलेसम्म कुनै पनि खेल हारेको छैन । तर आइतबार रातिको खेलपछि सिटी सिजनभर अपराजित रहने सम्भावना नदेखेको गार्डिवलाले बताए । आर्सेन वेङ्गरको टिम आर्सनल सन् २००३–४ को सिजनमा अपराजित रहेको थियो । तर आफ्नो क्लबले त्यो सफलता हात पार्ने सम्भावना नदेखेको गार्डिवलाले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

८ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, संघीयता र पहिचानको एजेन्डामा साझा अभियान[पूर्णपाठ]

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

सम्बन्धित

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu