ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपचारका लागि दुई लाख सिरानीमा राखेर सुत्नुपर्ने बाध्यता


एबीसी / संवाददाता
१७ श्रावण २०७८, आइतबार   ३ : ३८   बजे

काठमाडौं । आकस्मिक अवस्थामा बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउन हेलिकप्टर नै चार्टर गर्नुपर्ने भएपछि खोटाङवासीलाई रु कम्तिमा दुई लाख सिरानीमै राखेर सुत्नुपर्ने बाध्यता भएको छ । स्वास्थ्यमा जटिल किसिमका समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँलगायत अन्य सुबिधासम्पन्न अस्पताल लगेर उपचार गराउन परेकाले जिल्लावासीमा यस्तो बाध्यता आइलागेको हो ।यही समस्याले खोटाङलाई ‘रु दुई लाख सिरानीमा राखेर सुत्नुपर्ने जिल्ला’का रूपमा चिनिन थालेकाले जिल्लावासीले
नेपाल सरकारसमक्ष निःशुल्क हेलिकप्टर सेवाको माग गर्दै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताउनुभयो ।

“सङ्क्रमितले हेलिकप्टर चार्टर गर्नुप¥यो भने कम्तीमा पनि रू तीन लाख ५० हजारसम्म शुल्क तिरिरहनु परेको छ”, उहाँले भन्नुभयो, “सबैको हेलिकप्टर चार्टर गर्न सक्ने अवस्था छैन । जिल्लाबाट सिफारिस भएर पठाइइएका मध्ये र तत्काल उद्दार गर्नुपर्ने कोभिड सङ्क्रमित र अन्य आकस्मिक घटनाका बिरामीका लागि निःशुल्क हेलिकप्टर व्यवस्था गर्न सरकार समक्ष माग गरिएको हो ।” दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका एक कोरोना सङ्क्रमितलाई शनिबार रु दुई लाख ८० हजारमा हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौँ लगियो । सोही दिन बिहान वडा नं १ याम्खास्थित अस्थायी कोभिड अस्पतालमा भर्ना भएर उपचार गराएका राई थरका उनलाई श्वासप्रश्वासमा समस्या देखिएकाले हेलिकप्टरबाट काठमाडौँ लगिएको हो ।

सङ्क्रमितको अहिले काठमाडौँस्थित अल्का अस्पतालमा भर्ना गरेर उपचार भइरहेको उनका आफन्तले जनाएका छन् । उनीहरुकानुसार सङ्क्रमित राई आफै मोटरसाइकल चलाएर याम्खा आएपछि परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएर उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ । उपचारकै क्रममा श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले हेलिकप्टर चार्टर गरेर राजधानी पठाएका गाउँ कार्यपालिका सदस्य अमृत गिरीले बताउनुभयो । यसअघि गत असार २० गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाकी ४४ वर्षीया सङ्क्रमितलाई सोही मूल्यमा हेलिकप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा बनाइएको आइसोलेशन सेन्टरमा भर्ना हुनुभएकी ती महिलामा अक्सिजन कम भएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको अवस्थामा स्वास्थ्यमा जटिल समस्या देखिए तत्काल अस्पताल पु¥याउन लाखौँ रकम खर्चिएर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । बिरामी बोक्ने एम्बुलेन्स वा अनय सवारी साधनबाट छिटो पुग्न सम्भब नभएकाले सङ्क्रमित महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य भएका हुन् ।केही दिनयता वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेकाले सडकबाट बिरामीलाई अस्पताल पु¥याउन सकस भएको छ । कतिपय तत्काल अस्पताल पु¥याउनुपर्ने अवस्थाका बिरामी बोक्न हेलिकप्टर चार्टर गर्नुको विकल्प नभएको स्थानीयवासी बताउँछन् ।गत जेठ ५ पछिमात्र कोरोना सङ्क्रमितलाई अस्पताल लैजान नौ पटक हेलिकप्टर चार्टर भइसकेका छन् । गत असार ८ मा ऐँसेलुखर्क गाउँपालिका–३ का ६० वर्षीय सङ्क्रमितलाई रु दुई लाख ९५ हजार तिरेर हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो ।यस्तै सङ्क्रमण भएपछि आइसोलेशनमा राखिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी एक महिलालाई जेठ २७ गते रु तीन लाख र एँेसेलुखर्क गाउँपालिका–३ कै अर्की सङ्क्रमितलाई पनि जेठ १७ गते काठमाडौँ लैजान रु दुई लाख ९५ हजार खर्चिनुपरेको थियो ।

जेठ ५ गते एँेसेलुखर्क गाउँपालिका–३ का एकै परिवारका तीन सङ्क्रमितलाई रु तीन लाख २० हजार, १५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७८ वर्षीया सङ्क्रमितलाई रु तीन लाख ५० हजार, जेठ १० गते दिक्तेलका ६४ वर्षीय एकजनालाई रु तीन लाख ५० हजारमा हेलिकप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो । जिल्लामा अन्य किसिमका रोग लागेका बिरामी वा दुर्घटनाका घाइतेलाई काठमाडौँ लैजाने क्रममा पनि कम्तीमा रु दुई लाख खर्चेर हेलिकप्टर चार्टर गर्नु बाध्यता नै भएको छ । आर्थिक अवस्था मजबुत भएका वा ऋणधन गर्न सक्ने बिरामी हेलिकप्टर चार्टर गरेर अस्पताल पुग्छन् तर बिपन्न परिवार उपचारबाट वञ्चित भइ ज्यान गुमाउन बाध्य भएको घटनासमेत सार्वजनिक भएका छन् । उक्त नगरपालिकाले जेठ १६ गते तत्कालीन प्रधानमन्त्रीसमक्ष निःशुल्क हेलिकप्टर सेवाको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मामार्फत प्रधानमन्त्री ओलीलाई पत्र पठाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group