ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्मानजनक हैसियतविना ओलीसग मिसिनु आत्महत्या सरह हो – नेता नेपाल


एबीसी / संवाददाता
२१ श्रावण २०७८, बिहिबार   ६ : १८   बजे

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुदासम्म एमाले अध्यक्ष केपी शर्मा ओलीसग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने बताउनुभएको छ । आफू निकटको केन्द्रीय समिति बैठकलाई बिहीबार सम्बोधन गर्दै नेता नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट पार्नुभयो । बरिष्ठ नेता नेपालले आफू एकताकै पक्षमा रहेको बताउदै सम्मानजनक हैसियतबिनाको एकता भए भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार आफू बन्नुपर्ने धारणा अघि सार्नुभयो ।

त्यसकारण पनि सोचविचार गरेर नै एकता गर्ने पक्षमा रहेको उहाको भनाइ छ । नेपालले अध्यक्ष केपी ओलीको पछिल्ला अभिव्यक्ति एकता गर्ने भन्दा पनि आफूहरुलाई एकताको बाटोबाट डिरेल गर्ने उद्देश्यबाट आएको जिकिर गर्नुभयो । एकता कसरी गर्ने भन्नेबारे कार्यदलमा रहेका नेताहरुले होमवर्क गरिरहेको भन्दै नेपालले ओली पक्षले एकपक्षीय रुपमा जिल्ला अधिवेशन गर्नेदेखि विभागहरु गठन गर्ने निर्णय गर्नुले एकताको माहोल बिग्रिएको बताउनुभयो । महाधिवेशन र निर्वाचनको हिसाबकिताब मिल्नेगरी मात्रै एकता हुने नेपालको भनाइ थियो । यसअघि आजै बसेको नेपाल समूहको स्थायी समिति बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको थियो । संसद् पुर्नस्थापना र शेरबहादुर देउवाको नेतृत्वमा नया सरकार बनेपछि पहिलो पटक यो समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

बैठकमा राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा बुझने बताइएको छ । यद्यपि स्थायी समितिको निर्णयपछि केन्द्रीय कमिटीमा देउवा सरकारमा जाने/नजानेबारेको एजेण्डा नराखिएको बताइएको छ । स्थायी समिति बैठकमा माधव पक्षका नेताहरु सुरेन्द्र पाण्डे र योगेश भट्टराई भने अनुपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक सातापछि खुल्यो नेपाल–चीन जोड्ने जी२१६ राजमार्ग

प्रचण्डको टिप्पणी– ‘सेना परिचालन भयो, जनपरिचालन भएन’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu