काठमाडौं, १७ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार देशी तथा विदेशी शक्तिहरुको इशारामा सत्ता लम्ब्याउने प्रयासमा लागेको आरोप लगाएका छन् ।
इस्वी संवतको नयाँ वर्ष २०१८ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् । उनले निर्वाचनमार्फत् वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएपनि जनमत गुमाइसकेको वर्तमान सरकार सत्ता लम्ब्याउने र अझै पनि देशलाई अनिर्णयको बन्दी बनाउने प्रयासमा रहेको बताएका हुन्।
‘देश विकास हुन नदिने केही स्वदेशी र विदेशी शक्तिहरुको इशारामा जनमतविरुद्ध जेजस्तो प्रयास भइरहेको छ, त्यो हामीलाई सह्य छैन,’ ओलीको शुभकामना सन्देशमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस्