ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाग्मती प्रदेश युवा परिषद्ले पूर्णता पायो


एबीसी / संवाददाता
२८ श्रावण २०७८, बिहिबार   ७ : १०   बजे
वाग्मती, २८ साउन  :
सामाजिक विकासमन्त्री अध्यक्ष तथा एक जना कार्यकारी उपाध्यक्ष रहने वाग्मती प्रदेश युवा परिषद्ले पूर्णता पाएको छ ।यसअघि कार्यकारी उपाध्यक्षको मात्रै नियुक्ति भएको थियो ।  प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले परिषद्का नवनियुक्त सदस्यलाई आज शपथ ग्रहण गराउनुभयो । मन्त्रालयले परिषद् सदस्यमा इच्छा कुमारी राउत, केदार आचार्य, राधाकृष्ण गिरी, श्याम सुन्दर शिवाकोटी, नम्रता महर्जन, वसन्त न्यौपाने, छोटी लामा, सुदीप गौतम, प्रिती श्रेष्ठ र डालिया नेपालीलाई नियुक्त गरेको र आज नवनियुक्त सबै सदस्यले शपथ ग्रहण गरेको प्रदेश युवा परिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश युवा परिषद् ऐन २०७६ अनुसार मन्त्रालयले उपाध्यक्षसहित युवाको हकहितको संरक्षणमा योगदान पु¥याएका महिला कम्तीमा तीन जनासहित छ जना र उद्योग, श्रम, कृषि, खेलकूद, विज्ञान प्रविधि, सूचना, सञ्चार, वातावरण, साहित्य तथा कलाक्षेत्रबाट प्रतिनिधित्व हुने गरी चार जना र लैङ्गीक तथा यौनिक अल्पसङ्ख्यकमध्येबाट एक जना गरी ११ जना सदस्य मनोनीत गर्ने व्यवस्था छ ।
मन्त्रालयले सोही ऐनअनुसार गत असार ४ गते परिषद्को कार्यकारी उपाध्यक्षमा सन्तोष चौलागाईंलाई नियुक्त गरेको थियो । शपथ ग्रहण कार्यक्रममा प्रदेशका सामाजिक विकासराज्यमन्त्री डा रामकुमार अधिकारीलगायत मन्त्रालयका कर्मचारीको उपस्थिति रहेको थियो । यसअघि आजै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश युवा परिषद्को कार्यालयको उद्घाटन गर्नुभएको थियो ।
 सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले नेपालमै युवा स्वरोजगारको उचित व्यवस्थापन गर्नुपर्ने रहेको बताउनुभएको छ । हेटौँडास्थित मन्त्रालयमा वाग्मती प्रदेश युवा परिषद्का नवनियुक्त मनोनीत सदस्य लागि आज आयोजित शपथ ग्रहण कार्यक्रममा मन्त्री बस्नेतले यस्तो बताउनुभयो  ।
सो अवसरमा मन्त्री बस्नेतले नवनियुक्त मनोनीत सदस्यलाई स्वरोजगारमुखी चिन्तनका साथ अघि बढ्न र कार्यक्रमम गर्न सुझाव दिनुभयो । यस्तै मनोनीत सदस्यले प्रदेशका सबै जिल्लाका युवाको समस्यालाई समेट्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
गत असार ४ गते परिषद्को उपाध्यक्षमा सन्तोष चौलागार्इं नियुक्त हुनुभएको भए पनि सदस्यको नियुक्ति नहुँदा परिषद्ले पूर्णता पाउन सकेको थिएन । यसअघि आजै नै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलद्वारा परिषद्को कार्यालय उद्घाटन भइसकेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना

सम्बन्धित

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu