ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थारुहरुको मातृभाषालाई संरक्षण गर्न कार्यशाला गोष्ठी सुरु


एबीसी / संवाददाता
३१ श्रावण २०७८, आइतबार   ११ : ५७   बजे

काठमाडौं ३१ साउन,

भक्तपुरको बोडेस्थित कृषि तालीम केन्द्रको हलमा आयोगले थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको सहकार्यमा चारदिने कार्यशाला गोष्ठी सुरु भएको छ। थारुभाषाको समानीकरणको लागि कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।

गोष्ठीमा बोल्दै थारु आयोगका सदस्य भोला चौधरीले थारु भाषामाथि दक्षिण र उत्तरतिरबाट विभिन्न समुदायबाट आक्रमण भइरहेको बताए । ‘थारु तराईको सबैभन्दा पुरानो समुदाय हो । थारुको बसोबाससँगै उसको भाषा पनि पुरानो हो । तर विडम्बनाथारुको भाषामाथि दक्षिण र उत्तरतिरका विभिन्न समुदायबाट पटक(पटक आक्रमणको प्रयास भएको छ उनले भने ।

नेपालको संविधान अनुसार मातृभाषालाई संरक्षण गर्ने अधिकार दिए पनि कानून बनाएर पाठ्यक्रम लागू गर्न गाह्रो भएको उनको भनाइ छ ।

उनले थारु भाषालाई मानक भाषा बनाउन विभिन्न जिल्लामा थारु कथाकार, साहित्यकार र भाषा विज्ञले थारु भाषाको कथा, उपन्यास, प्रकाशित भइसकेको बताए ।

थारु व्याकरण पनि प्राध्यापक महेश चौधरी र डा। गोपाल दहितलगायतले तयार गरिसकेको उनले जानकारी दिए । यस्तै गोष्ठीमा थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमिलाल चौधरीले थारुमानक भाषाका अवधारणा पत्र पेस गरेका छन् ।

उनले अवधारणा पत्रमा थारुको प्राचीन थारु ग्रन्थ गुर्बाबक जलमौटीको आधारमा कुल देवताको जन्मअनुसार विभिन्न थरको समानान्तर वर्गीकरण भएको तर भाषाषाको आधारमा थारहरुको वर्गीकरण कही कतै उल्लेख नगरेको लेखेका छन् ।

थारु भाषा भौगोलिक क्षेत्र अनुसार मोरङिया, सप्तरिया, चितवनिया, कठरिया, डंगौरा आदिको रुपमा देखिएको अवधारणापत्रमा उल्लेख छ ।

प्रचीनकालमा तराई क्षेत्रमा छुट्टै थारु गण राज्यहरु ९सप्तरीको बरमझियामा कोचिला, दाङमा दङ्गीशरणको राज्यभएको बताइन्छ ।

पछि नेपाल एकीकरण पश्चात् ती राज्यहरुका भूगोल भारत र नेपालमा विलय भएको तर सयौं वर्षदेखि राज्य सञ्चालनबाट बञ्चित भएपछि वि। सं।१९८० मा आर्थिक, सामाजिक र शैक्षिक, राजनीतिक क्षेत्र सुधार गर्न स्वर्गीय अमरबहादुर फोजदार थारुले सभा गादीचौरासी बोलाएर थारु लिखित आचार संहिता चालु गरेको अवधारणा पत्रमा उल्लेख छ ।

राष्ट्रिय जणगणना २०६८ अनुसार कुल जनसंख्याको ६ प्रतिशत तथा चौथौ ठूलो भाषाको रुपमा थारु भाषा परिचालित छ । कार्यक्रममा थारु विज्ञहरुले थारुभाषाका अवधारणा पत्र पेस गर्नेछन् ।

चार दिनसम्म चल्ने कार्यशालाको अन्तिम दिन थारुभाषा मानकीकरणको निर्देशिका पुर्नलेखन तयार हुने थारुभाषा मानकीकरण समितिका संयोजक कुछतनारायण चौधरीले जानकारी दिए ।

उनका अनुसार प्रत्येक जिल्लाबाट थारु भाषाका विज्ञहरुले आआफ्नो क्षेत्रमा बोलिने थारु भाषाको बारेमा अवधारणा पत्र गोष्ठीमा पेस गर्नेछन् ।

गोष्ठीमा तराईका २४ जिल्लाका थारु भाषाका विज्ञहरुको उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group