काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाडफाट गरेको छ । कम्पनीले साउन २७ देखि ३१ गतेसम्म निष्काशनमा ल्याएको प्राथमिक सेयर आज बिहान बा“डफा“ट भएको हो । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाडफाट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले सेयर वितरण भएको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले जनाएको छ ।
गोलाप्रथाबाट ३६ हजार ८ सय ५९ जनाले मात्रै १० कित्ता सेयर पाएका छन् । तीन जना आवेदकले भने ११ कित्ता सेयर पाएका छन् । लघुवित्तको आईपीओमा २३ लाख ५४ हजार ७ सय ८४ जनाले आवेदन दिएकोमा ९८.४७ प्रतिशत आवेदकको हात खाली भएको छ । लघुवित्तले प्रति कित्ता १०० रुपैया“ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैया“ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्