ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज रातिबाट नारायणगढ–मुग्लिन सडक दैनिक ६ घण्टा बन्द


sharan sharan
१८ पुस २०७४, मंगलबार   १२ : ०४   बजे

चितवन, १८ पुस । निर्माणाधीन नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबार राति १० बजेदेखि बिहान ४ बजेसम्म ६ घण्टा सडक बन्द गरिने आयोजनाले जनाएको छ ।
१२ पुसमा जिल्ला प्रशासन कार्यालयमा ठेकेदार र आयोजना प्रमुख सहित बसेको प्रशासनको बैठकले १८ पुसदेखि सडक बन्द गरी कटिङको काम थाल्ने निर्णय गरेको छ । दिउँसोको समयमा कटिङको काम गर्दा यातायात आवागमन अस्तव्यस्त हुने भएकाले रातिको समयमा आवश्यक वत्तीको प्रवन्ध गरी काम अघि बढाउने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

कटिङको काम बाँकी भएका स्थानहरु १६ किलो, २२ किलोमा ठेकेदार आफैंले लाइटको व्यवस्था गरी कटिङको काम आज रातिबाट नै शुरु गर्ने भएका छन् । २९ किलो र ३३ किलोमा विद्युत प्राधिकरणको समन्वयमा आवश्यक लाइटको प्रवन्ध गरीसकिएको सूचना अधिकारी शिव खनालले बताए । सडकखण्डको १६ किलो भन्ने स्थानमा ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङडाँडामा ३ सय मिटर पहाड काट्न बाँकी नै छ ।
काम नसकिएपछि म्याद थप्ने तयारीमा आयोजना
विश्व बैंकको २ अर्ब ९० करोड रुपैयाँको आर्थिक सहयोगमा २०७२ बैशाखबाट यो सडक निर्माणको काम थालिएको छ । आयोजनाका प्रमुख चन्द्रनारायण यादवले चैत महिनाभित्र एकसरो पिच निर्माणको काम गरिसक्ने गरी ठेकेदार कम्पनीको म्याद थप गरिने जानकारी दिए । आयोजनाको हालसम्म ६७ प्रतिशत काम सम्पन्न भएको छ । आँपटारीदेखि दासढुंगासम्मको निर्माणको जिम्मा पाएको भारतीय वीएलए तथा नेपाली श्रेष्ठ कम्पनीले ६८ प्रतिशत, दासढुंगादेखि सिमलतालसम्म निर्माणको ठेक्का पाएको उड्हिल लामा जेभीले ७४ प्रतिशत र सिमलतादेखि मुग्लिनसम्मको सडक निर्माण जिम्मा पाएको सुप्रिम रौताहा निर्माण कम्पनीले ६१ प्रतिशत काम सकेका छन् । तीनवटै ठेकेदारहरुको म्याद फेब्रुअरी २० मा सकिँदै छ । लामा उड्हिल जेभीका कन्ट्रयाक्ट म्यानेजर रविन्द्र श्रेष्ठले आयोजना समयमा निर्माण हुन नसक्नुमा प्रयाप्त समय काम गर्न नपाएको दावी गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group