काठमाडौं, १८ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन् । ओलीको निजी सचिवालयका अनुसार उनलाई सोमबारदेखि झाडा पखाला लागेको छ । विरामी भएकाले ओली सोमबार कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन् ।
चिकित्सकहरुले ओलीलाई औषधि दिएको र केही दिन घरमै आराम गर्न सुझाव दिएको निजी सचिवालयले जनाएको छ । उनको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको बताइएको छ ।ओली बालकोटस्थित निवासमै आराम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्