ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुर अस्पतालमा ठगिन्छन् बीमाका बिरामी


एबीसी / संवाददाता
१३ भदौ २०७८, आइतबार   २ : ४८   बजे

भरतपुर । भरतपुर अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका फोकल पर्सनु नारायण सापकोटा आफैले हेर्ने बीमा कार्यक्रममा ठगिनुभएको छ । आफ्नो श्रीमतीको पित्तथैलीको शल्यक्रिया गर्दा बीमामा रु २७ हजार ५०० दाबी गर्नुभयो । त्यसोत अस्पतालमा औषधि नभएपछि रु चार हजारको औषधि बाहिर किन्नुप¥यो ।

आम नागरिक झै बीमाबाट रकम काट्ने र छुट्टै औषधि किन्नु पर्दा आफू पनि मर्कामा परेको उहाँले स्वीकार गर्नुभयो । बीमा बोर्डसँग भरतपुर अस्पतालले शल्यक्रियाको औषधि, परीक्षण, श्यया, शल्यक्र्रिया शुल्कलगायत सबैको प्याकेजमा रकम तय भएको छ । अस्पतालले शल्यक्रिया गर्दै गर्दा आफूले सुविधा दिन नसके पनि पूूरै रकम सेवाग्राहीको खाताबाट दाबी गरेर बीमा बोर्डसँग लिने गर्दछ । सापकोटाले भन्नुभयो, “औषधि उपलब्ध गराउने जिम्मा अस्पतालको हो”, दोहोरो खर्च गराउनु गलत भएको भन्दै उहाँले भन्नुभयो ।

बीमाले लगभग ८० प्रतिशत औषधि समेटेको भए पनि अस्पतालले दिन नसकेको उहाँको भनाइ छ । अस्पतालमा औषधि नहुँदा शल्यक्रियासँगै दमका बिरामी, ज्वरोका बिरामी पनि मर्कामा पर्ने गरेको सापकोटाको भनाइ छ । अस्पताल र बीमा बोर्डका बीचमा पित्तथैलीको ल्याबकोली मेसिनबाट गरिने शल्यक्रिया गर्दा प्याकेजमा रु २७ हजार ५०० दाबी गर्ने उल्लेख छ भने चिरेर शल्यक्रिया गर्दा रु १८ हजार उल्लेख छ ।

त्यस्तै एपेन्डिसाइडको रु १५ हजार ५०० रहेको छ । सापकोटाको भनाइमा सबै शल्यक्रियाको दररेट छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रोशन न्यौपाने अस्पतालमा अधिकांश औषधि आपूर्ति गराउन आफूहरु लागि परेको बताउनुहुन्छ । औषधि दिन नसकेको उहाँले स्वीकार गर्नुभयो । प्रत्यक्ष रुपमा बिरामी प्रभावित भएको विषयमा थप बुझ्ने न्यौपानेको भनाइ छ ।

बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौला औषधि उपलब्ध नगराएर रकम दाबी गर्न नपाउने बताउनुहुन्छ । यस विषयमा प्रत्यक्ष रुपमा अस्पतालमा कर्मचारी पठाएर बुझ्ने उहाँको भनाइ छ । सरकारी अस्पतालले राम्रो गर्छन् भन्ने उद्देश्यका साथ बीमा कार्यक्रमको पहिलो विन्दु सरकारी अस्पताल बनाइएको भन्दै उहाँले बिरामी र बोर्ड कोही पनि ठगिन नहुने बताउनुभयो । भरतपुर अस्पताल यस क्षेत्रमा बीमामा धेरै दाबी गर्ने अस्पताल पर्दछ । यस अस्पतालले मासिक रु दुई करोड भन्दा बढी बीमाबाट रकम दाबी गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu