ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा झडप


एबीसी / संवाददाता
१३ भदौ २०७८, आइतबार   ७ : ०६   बजे

काठमान्डौ १३ भदौ

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहलाई केही युवाहरूले कालोमोसो दलेपछि अस्पतालको अवस्था अस्तव्यस्त भएको छ।
शुक्रबार दिउँसो कार्यकक्षमै छिरेर युवाहरूको एउटा समूहले कालोमोसो दलेका थिए।

घटनापछि दोषीलाई कारबाही गर्न माग गर्दै डाक्टर तथा अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्। शनिबार पनि अस्पतालमा स्थानीय प्रशासनसँग छलफलहरू त भए तर पनि दोषी समातिएका छैनन्।

प्रहरीका अनुसार कालोमोसो दल्ने स्थानीय सर्जन परिवार, दिवस क्षेत्री र गणेश खड्काविरुद्ध उजुरी परिसकेको र उनीहरूको खोजी भइरहेको छ।

टाइफाइड एक जना बिरामीको ‘ब्लड कल्चर’ गर्ने सुविधा नभएको अस्पतालले जनाएपछि बिरामीका आफन्तसँग विवाद भएको थियो। त्यही विवादपछि केही युवाहरूले मेसु सिंहलाई कालोमोसो दलेका थिए।

डाक्टरमाथि कालोमोसो छ्यापेर दुर्व्यवहार गर्ने सर्जन परियार एमालेका कार्यकर्ता हुन्। उनी ओली निकट मानिन्छन्। परियार एमालेनिकट अनेरास्ववियुका जिल्ला अध्यक्ष पनि हुन्।

एमाले जिल्ला कमिटीले समेत दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरमा ल्याउन भन्दै उनीहरूलाई जिल्ला कमिटी सदस्यसमेत नरहनेगरी कारबाही गरिएको भन्दै विज्ञप्ती जारी गरेको थियो।

उक्त घटनाको सबैतिर निन्दा भइरहेको छ। घटनालगत्तै नेपाल चिकित्सक संघले पनि तत्काल दोषीमाथि कारबाही गर्न माग गरेको थियो र घटनाको निन्दा गरेको थियो।

अहिले अस्पतालमा डायलाइसिस, प्रसुती र इमर्जेन्सी बाहेक सबै सेवाहरू बन्द भएका छन्। अस्पतालका सबै स्वास्थ्यकर्मीहरूले आइतबार बिहानैदेखि तुलसीपुर बजारमा विरोध जुलुस निकालेका छन्।

‘एकजना अस्पताल प्रमुखलाई आफ्नै कार्यकक्षमा यस्तो दुर्व्यवहार भयो अनि अरुको काम गर्ने मनोबल कसरी हुन्छ ररु’ मेडिकल सुपरिटेन्डेन्ट डा। सिंहले भने ‘दोषीहरू त पत्ता लागिसकेका छन् तर प्रशासनले कारबाही गरेको छैन।’

सिंहले दोषीहरू पक्राउ नपर्दासम्म स्वास्थ्यकर्मीहरू काममा नफर्किने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group