ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिर्तामोडमा पनि दुई हप्तापछि फोहर उठ्न सुरु


एबीसी / संवाददाता
१४ भदौ २०७८, सोमबार   ११ : ५०   बजे

झापा, १४ भदौ :
विर्तामोड नगरपालिकामा सडकमा जथाभावी थुपारिएको फोहर उठाउन सुरु गरिएको छ । नगरपालिकालाई चौतर्फी दबाब परेपछि तत्काल फोहर विर्सन गर्ने अस्थायी स्थानको टुङ्गो लगाएर व्यवस्थापन सुरु गरिएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताउनुभयो ।

“दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थानको खोजी भइरहेको छ”, उहाँले भन्नुभयो, “तत्काल सडकमा थुप्रिएको फोहर विर्सजनका लागि नगरप्रमुख धु्रव शिवाकोटीले वडा नं ७ मा रहेको आफ्नै निजी जग्गा प्रदान गर्नुभएको छ, अब त्यही फोहर फालिन्छ ।”

विर्तामोडमा जथाभावी फालिएको फोहर नउठेर दुर्गन्ध फैलिन थालेपछि चारवर्षमा पनि ल्याण्डफिल्ड साइट व्यवस्था गर्न नसकेको भन्दै जनप्रतिनिधिको चौतर्फी आलोचना सुरु भएको थियो । नगरप्रमुखले आपत्कालीन समस्या समाधानका लागि जग्गा उपलब्ध गराएपछि केही समयलाई ढुक्क भएको प्रवक्ता पाण्डेले बताउनुभयो । विर्तामोडमा थुप्रिएको फोहर उठाउन दैनिक पाँच ट्याक्टर प्रयोग गरिरहेको फोहर व्यवस्थापनको ठेक्का लिएको काठमाडौँको निराकर सरसफाइ सेवा प्रालिका फिल्ड मेनेजर रवीन भट्टराईले बताउनुभयो ।

उहाँले तीन वर्षका लागि फोहरमैला व्यवस्थापनको जिम्मा लिए पनि नगरपालिकाले ल्याण्डफिल्ड साइटको व्यवस्था नगरिदिँदा काम गर्न समस्या भइरहेको बताउनुभयो । नगरपालिकाले सर्वदलीय भेलाबाट नै ल्याण्डफिल्ड साइटको व्यवस्थापनका लागि बिर्तामोड वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद सङ्ग्रौलाको संयोजकत्वमा फोहरमैला विर्सजनस्थल अध्ययन तथा छनोट समिति बनाएको छ ।

प्रवक्ता पाण्डेले समितिले तीव्र रुपमा जग्गाको खोजी गरिरहेकाले १५ दिनभित्रमा दीर्घकालीन ल्याडफिल्ड साइटको व्यवस्था भइसक्ने जानकारी दिनुभयो । ठेकेदार कम्पनीले यसअघि पूर्वपश्चिम राजमार्ग आसपास, डोमालाल रङ्गलाशाको पछाडि र देउनियाँ खोला किनारमा फोहरमैला खाल्डो खनेर पुर्दै आएको थियो । लगातार परेको वर्षाका कारण खाल्डो खन्दा पानी निस्केर फोहर पुर्न नसक्दा दुई हप्तादेखि फोहरमैला सडक किनारमै थुप्रिएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group