ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवलपरासीको गैंडाकोटमा अबरुद्ध राजमार्ग सञ्चालन: सहज हुन समय लाग्ने


एबीसी / संवाददाता
१५ भदौ २०७८, मंगलबार   २ : ३८   बजे

 

नवलपरासी १५ भदौ:

पूर्वी नवलपरासीको गैंडाकोट २३ स्मृति नजिक गत बिहीबार रातिदेखि अबरुद्ध बनेको राजमार्ग सञ्चालनमा आएको छ । लगातार परेको वर्षाले खोल्सामा पानीको सतह बढ्दा बाढीले डाइभर्सन बगाएपछि सडक अबरुद्ध बनेको थियो । सोमबारदेखि पानी पर्न रोकिएपछि उक्त क्षेत्रबाट सवारी गुड्न थालेको ईलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिए ।

तर, सवारीको लामो लाईन लागेकाले वारपार गराउन निकै गाह्रो भईरहेको उनले बताए । राजमार्ग अवरुद्ध भएपछि पूर्वतर्फ गैंडाकोट र पश्चिमतर्फ झण्डै रजहरसम्म करिब २० किलोमिटर लाइन लागेको थियो । डाइभर्सनबाट एकतर्फी बाटो खुलेकाले जाममा फसेका सवारी वारपार भएर यात्रा सहज हुन भने आज असम्भव जस्तै रहेको छ । खनालका अनुसार अहिले दुवैतर्फ गरेर करीब एक हजार गाडी रोकिएका छन् ।

गत शनिबार नै डाइभर्सन निर्माण गरिएको भए पनी हिलो र दलदलका कारण गाडी वारपार हुन भने सकेका थिएनन् । डाइभर्सन मर्मत गर्दै ४र५ वटा गाडी धकेल्दै पार गराउने गरिएको थियो । सोमबारबाट पानी पर्न छाडेपछि हिलो केही कम भएर अहिले गाडी एकतर्फी रुपमा सहजै वारपार हुन थालेका छन् । तर पाँच दिनदेखी राजमार्ग अवरुद्ध हुँदा लागेको जाम छिचोल्न भने सहज छैन् ।

लेन मिचेर राखेका सवारीले अर्को समस्या निम्ताएको छ । डाइभर्सन मर्मत गरेर एकतर्फी खुलेपछी तछाड मछाड गरि लेन मिचेर हिड्न खोज्नेले गर्दा झनै जाम हुने गरेको छ । डाईभर्सन भएको स्थान कटेपनी अन्य स्थानमा लेन मिचेर राखिएका गाडीले गर्दा जाम कट्न घन्टौं लाग्ने गरेको छ । ट्राफिक सहित प्रहरीलाई यसको व्यवस्थापन गर्न समेत हम्मे हम्मे परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी विपत्तिमा पुनको १८ बुँदे सुझाव, राष्ट्रिय हिमालय विपद् कोषदेखि दातृ सम्मेलनसम्म

भोटेकोसी बाढी उद्धारमा सरकारलाई रास्वपाको आग्रह : ‘खोज, उद्धार र राहत थप प्रभावकारी बनाऔँ’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu