ललितपुर , १९ पुस । ललितपुरको गोदावरी नगरपालिकामा रहेको ब्रम्हायणी मन्दिरको ऐतिहासिक मूर्ति गएराति चोरी भएको छ । भूकम्पले मन्दिरमा क्षति पुगेपछि मन्दिर नजिकै रहेको सत्तलमा मूर्ति राखिएको थियो । डेढ फिट अग्लो पित्तलको मूर्तिमा सुनको जलप लगाइएको थियो । बुधबार बिहान ५ बजे नित्य पूजा गर्न गएका बेला मूर्ति नदेखेपछि हराएको थाहा भएको हो ।
प्रहरीले हराएको मूर्तिको खोजी भइरहेको जनाएको छ । सीसीटिभी र फिङ्गर प्रिन्ट लगायतको आधारमा अनुसन्धान जारी गरेको प्रहरीको भनाइ छ । योभन्दा अघि पनि ब्रम्हायणीको मूर्ति तीनपटक चोरी भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्